CG Electronics
IME Life
NIMB

एनएमबि बैंकको दसौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । एनएमबि बैंकको दसौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको छ ।

बैंकले शनिबार बबरमहलबाट शुरु भई पाटन दरबार स्क्वायरसम्म पुगि समापन हुने दसौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।

एनएमबि बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा पाटन संग्रहालयमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरु, नेपाल हस्तकला महासंघका सदस्यहरु, रोटेरी क्लब अफ पाटन हेरिटेजका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ६०० जनाको सहभागितामा एनएमबि भवन, बबरमहल, काठमाडौं देखी प्ले कार्ड सहित पाटन संग्रहालयमासम्म पुगी हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा ललितपुर महनगरपालिकाका मेयर चिरि बाबु महर्जन उपस्तिथ थिए ।
उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाइ ४ लाख ९० हजारको सहयोगका साथैेपाटन संग्रहालयलाई डस्टविनहरु समेत हस्तान्तरण गरेको छ ।

सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ४, ५, ६ र ७ मा समेत गरीएको छ । बैंकले प्रदेश १ मा ब्रम्हनन्द पुल देखी बाराहक्षेत्र मन्दिर सम्म, मधेष प्रदेशमा लाहान शाखा देखी दुर्गा मन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखा देखी केधारेश्वर मन्दिर, लुम्बिनी प्रदे्रशमा ट्राफिक चोक शाखा देखी कालिका मन्दिरसम्म र कर्णाली प्रदे्रश र सुदूर पश्चिम प्रदेशमा सुर्खेत शाखा देखी काक्रेबिहार मन्दिर, धनगढी शाखा देखी शिवपुरी धाम मन्दिर र महेन्द्रनगर शाखा देखी सिद्धनाथ मन्दिर सम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले स्वागत मन्तव्य दिएका थिए । नेपाल हेरिटेज सोसाईटीकी अध्यक्ष अम्बिका श्रेष्ठ, उक्त सोसाइटीकै सदस्य धर्म शाक्य र ललितपुर महनगरपालिकाका मेयर चिरि बाबु महर्जनले सम्पदा संरक्षणको महत्वको बारे प्रकाश पार्दै वक्तव्य दिएका थिए भने एनएमबि बैंकका सञ्चालक समितिका सदस्य उत्तम भ्लोनले धन्यवाद व्यक्त गरेका थिए ।

विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरू, १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण बन्दै ओरा कस्मेटिक, एनआरएनए पुर्व अध्यक्ष विनोद कुँवरको औद्योगिक अभियान

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण...

वि.सं.२०८३ जेठ २७ बुधवार १०:०६

  काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र अनुभवलाई...

फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको विशेष ‘टीभी प्याकेज’ सार्वजनिक

फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:५६

  काठमाडौँ । नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई...

‘भिभो समर सरप्राइज’ सार्वजनिक, स्मार्टफोन खरिदमा ५५ इन्च स्मार्ट टिभी जित्ने मौका

‘भिभो समर सरप्राइज’ सार्वजनिक, स्मार्टफोन खरिदमा ५५...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:५१

काठमाडौँ । नेपालका अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले गर्मीयाम र आगामी...

नेपालमा पाँच वर्ष पूरा गर्दै इनड्राइभको नयाँ अभियान ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ सार्वजनिक

नेपालमा पाँच वर्ष पूरा गर्दै इनड्राइभको नयाँ...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:१२

  काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा...

डीजीओमार्फत फिफा विश्वकप २०२६™ को प्रत्यक्ष प्रसारण, ‘मोबाइल पास’ ५४९ रुपैयाँमा उपलब्ध

डीजीओमार्फत फिफा विश्वकप २०२६™ को प्रत्यक्ष प्रसारण,...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:०३

  काठमाडौं । विश्वकै सबैभन्दा लोकप्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप...

बेलायत सरकार र विश्व बैंकको सहयोगमा बुटवल पावर कम्पनीद्वारा हरित हाइड्रोजन पाइलट परियोजना शुभारम्भ

बेलायत सरकार र विश्व बैंकको सहयोगमा बुटवल...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:५४

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले बेलायत सरकार...