CG Electronics
IME Life
NIMB

आविष्कारका लागि बिकास बजेटको १ प्रतिशत बिनियोजन होस् : महाबिर पुन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले संघ र प्रदेश सरकारले विकासको १ प्रति प्रतिशत बजेट अनुसन्धानका निम्ति बिनियोजन गर्न माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत चार बुँदे माग सार्वजनिक गर्दै पुनले अनुसन्धान, नवप्रवर्तन र आविश्कार गर्ने प्रतिभाशालि जनशक्ति निर्माण गर्न संघ र प्रदेश दुवै सरकारले बिकास बजेटको १ प्रतिशत अनुसन्धानका निम्ति बिनियोजन गर्नु पर्ने भनेका छन् ।

स्टाटसमा उनले लेखेका छन्,‘अनुसन्धान, नवप्रबर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीलाई अनुसन्धान गर्ने काममा ठोस सहायोग गर्न हरेक बर्ष संघीय र प्रदेश सरकारले आफ्नो बिकास बजेटको १ प्रतिशत रकम छुट्याइयोस । र, अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोषमा राखियोस् । सो, कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिलाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र अविष्कार गर्न सहयोग गरियोस ।’
स्टाटसमार्फत उनले आविष्कार कोषको रकम परिचालन गर्न छुट्टै खरिद ऐन निर्माण गर्न पनि माग गरेका छन् ।

स्टाटसमा उनले भनेका छन्,‘कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नविनतम सोच भएका नेपालीहरुलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्बजनिक खरिद ऐन भन्दा छुट्टै अनुसन्धाननबप्रबर्तन र आविष्कार प्रबर्धन, सन्चालन तथा खरिद ऐन बनाइयोस । र, आबश्यकता अनुसार अनुसन्धानको कामलाई बहुबर्षीय कार्यक्रममा राख्न मिल्ने गरि नीति नियम बनाईयोस् ।’

उनले नवउद्यमीका लागि सरकारले सजह रुपमा ऋण उपलब्ध गराउनु पर्ने पनि माग गरेका छन् । नवउद्यमीलाई अनुमति, लाइसेन्स वितरण गर्न नव उद्यमी प्रवद्र्धन समिति गठन गर्न पनि उनले सरकारसँग माग गरेका छन् । प्राइवेट तथा मुनाफा वितवरण नगर्ने अनुसन्धान केन्द्र खोल्न विज्ञान तथा प्रविधि मन्त्रालयले व्यवाहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्न पनि उनले माग गरेका छन् ।

उनले स्टाटसमा भनेका छन्,‘बिज्ञान मन्त्रालय अन्तर्गत ‘व्याबहारिक अनुसन्धान र नबप्रबर्तन बिभाग’ खोलियोस । सो, विभागलाई देशका प्रतिभाहरुलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरुलाई के कसरी र कुन रुपमा हुन्छ स्वदेश फिर्ता ल्याउनको लागि चाल्नु पर्ने ठोस बाताबरण तयार गर्ने पूर्ण अधिकार सहित जिम्मा दिइयोस ।’

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

आर्थिक विधेयकको त्रुटि सच्याउने अभ्यास नियमित, ईभी आयातमा सूचना चुहावटको आरोप निराधार : अर्थमन्त्रीका सल्लाहकार

आर्थिक विधेयकको त्रुटि सच्याउने अभ्यास नियमित, ईभी...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:१८

काठमाडौं, असार २६ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका स्वकीय उपसचिव...

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर...

वि.सं.२०८३ जेठ २६ मंगलवार १४:११

  नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन...