CG Electronics
IME Life
NIMB

लक्ष्मी कमर्शियल भेहिकलस् र एभरेष्ट बैंक बिच एसएमएल इसुजुका गाडीहरु फाइनान्स गर्ने सम्बन्धी सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स प्रा.लि. र एभरेष्ट बैंक लिमिटेड बिच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरब कुमारले तथा लक्ष्मी कमर्शियल भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गर्नु भएको थियो । यो सम्झौता अनुसार एसएमल इसुजुका ग्राहकहरुले २०८० बैशाख १३ गते देखि नै ऋण सुविधा लिन सक्ने जनाईएको छ ।

 

लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औधोगिक तथा ब्यापारिक घराना हो । लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कारहरु, बिएमडब्लुका कारहरुको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो । लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरु र एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक बितरक भै कार्य गरि आएको छ ।

 

एभरेष्ट बैंकसँग भएको सम्झौता अनुसार लक्ष्मी कमर्शियल भेहिकलसले नेपालमा आयात गरेर बिक्री बितरण गर्ने एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा बैंकका नेपाल भर रहेका आफ्ना १२४ शाखा कार्यालय मार्फत गाडीको मुल्यको ७०% सम्म कर्जा लगानी गर्ने छ । साथै, यस्तो कर्जा बढिमा ७ बर्ष सम्मको लागि उपलब्ध हुनेछ । साथै, सर्भिस चार्ज र ब्याज दरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्शियलका बिजेनेश हेड सञ्जय खड्काले जानकारी दिनु भएको छ ।

 

यो सम्झौता पश्चात दुई संस्था बिचको ब्यापार बढाउन सहयोगी हुने र भबिष्यमा पनि सहकार्य गर्दैै अगाडि बढ्ने बिचार बैैकका डिपुटी जेनेरल मेनेजर गौरब कुमारले ब्यक्त गर्नु भएको थियो । लक्ष्मी कमर्शियल भेहिकल्सका सबै शाखा कार्यालयहरु, डिलरहरुबाट एभरेष्ट बैंक सँग भएको सम्झौता अनुसार एसएमएल इसुजुका गाडी खरिद गर्ने ग्राहकहरुलाई आवश्यक ऋण लिने प्रकृयामा सहजीकरण गरिने लक्ष्मी कमर्शियलका नेटवर्क हेड श्री इश्वर दहालले जानकारी दिनु भएको छ ।

 

लक्ष्मी ग्रुप अन्र्तगतको लक्ष्मी कमर्शियल भेहिकलस् प्रा.लि.ले नेपालमा एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक बितरकको रुपमा कार्य गर्दै आएको छ । यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरु नेपालमा आयात गरि नेपालको बजारमा बिक्री बितरण गर्ने र उक्त गाडीहरुलाई बिक्री पछिको सेवा पनि दिदै आएको छ । एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमता सम्मका स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरु देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्ने गर्दछ । मजबुत वनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरु नेपालमा ग्राहकहरुको रोजाइमा पर्न सफल भएका छन् ।

 

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...