CG Electronics
IME Life
NIMB

नेपोभिट टाईल्स्को पहिलो वार्षिक उत्सव सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपोभिट टाईल्स्को पहिलो वार्षिक उत्सव समारोह सु–सम्पन्न भएको छ । सम्मानीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि श्री रमेश रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको यस कार्यक्रममा पूर्व महान्यायाधिवक्ता श्री रमण प्रसाद श्रेष्ठ, महानायक श्री राजेश हमाल र विभिन्न संघ संस्थाका अधिकारीहरुको उपस्थितिमा सो समारोह सम्पन्न गरिएको हो । कम्पनीको निर्देशक श्रीमती विभा झाले स्वागत मन्तव्य राख्दै सम्पूर्ण उपस्थित अतिथि तथा प्रतिष्ठित व्यक्तित्वहरुलाई स्वागत गर्दै नेपोभिट टाईल्सको एक वर्षको यात्रामा साथ दिने कर्मचारी, ग्राहकवर्ग, शुभचिन्तक तथा सम्पूर्ण साझेदारहरुलाई धन्यवाद दिनु भयो ।

द सोल्टी काठमाडौँमा आयोजित सो समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमको साथ मिडिया र ७०० भन्दा बढीको उपस्थितिमा नेपोभिट टाईल्सले नयाँ २ह४ फिटका टाईल्सहरु पनि सार्वजनिक गरेको छ । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपोभिट टाईल्सका प्रबन्ध निर्देशक श्री मनोज रौनियारले नेपोभिट टाईल्सलाई साथ सहयोग पु¥याउनु हुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै नेपोभिट टाईल्सको एक वर्षको चुनौती तथा सम्भावना हरुको बारेमा जानकारी गराउंदै नेपोभिट टाईल्स अझै बृहत र विस्तृत ढंगमा प्रस्तुत हुँदै चाँडै नै नयाँ डिजाइनका फ्लोर तथा वाल टाईल्स्हरु बजार भित्राउने जानकारी गराउनु भयो ।

 

समारोहमा बोल्दै सम्माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री श्री रमेश रिजाल ज्यूले नेपालमै पहिलो र एकमात्र टाईल्स कम्पनी नेपोभिट टाईल्सले गरेको काम सराहनीय भएको बताउनु भयो । नेपोभिटले स्थानीयलाई तथा समग्र देशलाई नै गरेको योगदानको उच्च प्रशंसा गर्दै सरकारको तर्फबाट हरेक चरणमा नेपोभिटलाई साथ तथा सहयोग मिल्ने कुराको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी नेपोभिट टाईल्स्का अध्यक्ष श्री शम्भु नाथ झाले नेपोभिट टाईल्सले एक वर्षमा हासिल गरेको उपलब्धीहरुका बारेमा बोल्दै अब आगामी वर्षहरुमा निर्यातमा जोड दिने मुख्य उद्देश्य रहेको कुरा जानकारी गराउनुभयो । नेपालमा सेरामिक क्षेत्रको प्रचुर सम्भावनाहरुलाई उपयोग गर्दै टाईल्स मात्र नभई विभिन्न सेरामिक वस्तुहरु उत्पादन गरी देशमा अझै रोजगारीको सिर्जना गर्न र विदेशी मुद्रा भित्राउन नेपोभिट टाईल्स प्रतिवद्ध रहेको जानकारी गराउनु भयो । बाराको जितपुरमा अवस्थित रहेको नेपोभिट टाईल्स् नेपालको पहिलो र एकमात्र टाईल्स् कम्पनी हो । २०७९ सालमा स्थापित यस कम्पनीले घरायसी तथा व्यवसायिक प्रयोजनका लागि नेपालमै अन्तराष्ट्रिय स्तरको टाईल्स उत्पादन गर्दै आएको छ ।

 

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...