CG Electronics
IME Life
NIMB

नेपाललाई यूक्रेन बनाउने खेल सतहमा : बास्तोला

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। नेकपा (बहुमत) संयोजक धर्मेन्द्र बास्तोलाले पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र सतहमा आएको बताएका छन् ।

प्रगतिशिल लेखक तथा साहित्यकार खेम थपलियाको नाट्य कृति ‘कमरेड फिप्टी पर्सेन्ट’ को विमोचन गर्दै बास्तोलाले शक्ति केन्द्रहरु एमसीसी र एसपीपीलाई लागु गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागेको आरोप लगाए । उनले सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताहरु फेल भएको संकेत उपचुनावको परिणामले गरेको बताए ।

“एमसीसी, एसपीपीजस्ता राष्ट्रघाती परियोजना लागु गरी नेपाललाई विदेशीको खेल मैदान बनाउन शक्तिकेन्द्रहरु लागि परेका छन् । सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताकै कारण विदेशीले खेल्न पाएका हुन् । यही मौकामा विदेशीले केही नयाँ पात्र अगाडि सारेर आफ्नो बर्चश्व बढाउन लागि परेका छन्” बास्तोलाले भने । उनले नयाँ शक्तिको नाममा देशलाई युक्रेन बनाउन खेल सतहमा आउन थालेको दाबी समेत गरे ।

कार्यक्रममा नाटककार विजय विष्फोटले थपलियाको नाटक ‘कमरेड फिप्टी पर्सेन्ट’ अनिल बारबेको विश्व चर्चित नाटक ‘थ्याङ्क्यू मिस्टर गल्याड’ को स्तरको नाटक भएको बताए । विष्फोटले प्रयोगका हिसाबले नयाँ र बिचारका हिसाबले शसक्त रहेकोले अध्ययन गर्न योग्य भएको बताए ।

समालोचक बद्रि चौलागाईले वर्तमान राजनीतिक विश्वका बिकृति र विसंगतिलाई प्रहार गरेको धारणा राखे ।
समालोचक अशोक सुवेदीले मार्कसवादी दृष्टिबाट शसक्त भएको बताउँदै मार्कसवादी लेखनको चर्चा गरे ।

लेखक थपलियाले केही कमजोरी भएपनि पुस्तकमा आफू इमान्दार भएका दाबी गरे । चरम व्यक्तिवाद हावी भएर समाज र युवा पंक्तिलाई रक्षानमा पु¥याउन लागेको भन्दै आफूले इमान्दार भएर त्यसविरुद्ध कलम चलाएको बताए ।

कार्यक्रममा नेकपा बहुमतका कार्यालय सदस्य उदयबहादुर चलाउने, सार्दुल, अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारी, वाम विश्लेषक, नरेन्द्रजंग पीटर, भूरी पुरण प्रकाशनका प्रकाशक केशव पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

 

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...