CG Electronics
IME Life
NIMB

काँग्रेस र मजदुर एकअर्काको अनन्य सहयोगी हो : कांग्रेस सभापति देउवा

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक र मजुदर एक अर्काको अनन्य सहयोगी भएको बताएका छन् ।

विश्व श्रमिक दिवसका उपलक्ष्यमा सुभकामना सन्देश प्रवाह गर्दै सभापति देउवाले मजदूरलाई कानून सम्मत अधिकार दिने कांग्रेस रहेको दाबी गरेका छन् ।

सभापति देवाउले प्रेस बिज्ञप्ती जारी गर्दै मे १ तारिख मजदुर वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन भएकाले कांग्रेसकै नेतृत्वमा नेपालमा प्रजातन्त्र स्थापनादेखि मजदुर आन्दोलन भएको बताइएको छ ।

मजदुर वर्गको समस्या समाधान गर्न तथा उनीहरुको हक हितका लागि कांग्रेस सधैं सचेत भएर लाग्ने उनको भनाई छ ।

बिज्ञप्तीमा उनले भनेका छन्,‘वि.सं.२०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदूर सम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको हो ।

आज पनि नेपालका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरुले अनेक समस्याहरुलाई बेहोरिरहन परेको छ । उहाँहरुको समस्यालाई समाधान गरेर मजदूर वर्गको हक र हितको सम्वद्र्धन गर्न नेपाली कांग्रेस सदैव सचेत भएर लागिरहनेछ ।’

त्यस्तै, कांग्रेसको नेतृत्वमा वि.संं. २००३ सालमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको हुँदा कांग्रेस र मजदूर सधैं एक अर्काको अनन्य सहयोगी रहेको उनको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...