CG Electronics
IME Life
NIMB

वर्ष दिनमा सशस्त्रका १६ हजार प्रहरीको सरुवा बढुवा

NIMB
Himalayan Bank

 

काठमाडौं । सशस्त्र प्रहरीले ०७९ सालको वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा सोमवार भएको पत्रकार सम्मेलनमा सशस्त्रले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो ।

सशस्त्रले ०७९ सालमा एफपीयू(फम्र्ड पुलिस युनिट) मिशन छानौट निर्देशिका संशोधन, कमाण्डको पूर्वानुमान सूची प्रकाशन, बीएमआई(बडि मास इन्डेक्स)का लागि कार्यविधि निर्माण प्रकृया अघि बढाउने कार्यलाई मुख्य उपलब्धी ठानेको छ ।

त्यसैगरी, कर्मचारी वृतिविकासलाई प्रोत्साहन गर्ने उद्येश्यले १६ हजार ४८ सशस्त्र प्रहरी कार्मचारीको बढुवा, विशेष बढुवा, पदास्थापन, सरुवा, सरुवा समायोजन तथा नयाँ नियुक्तिलाई पनि सशस्त्रले प्रगति मानेको छ । यही वर्ष सशस्त्रले कुटनीतिक नियोग तथा विभिन्न नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरण सम्बन्धी स्थायी आदेश जारी गरिएको छ ।

त्यसैगरी सशस्त्रले खेलकुदको माध्यमबाट राष्ट्रको मान प्रतिष्ठा र गौरव बढाउन विशेष योगदान पुर्याएका १६ जना सशस्त्र प्रहरीलाई एक तह विशेष बढुवा गरेको छ । सम्मान तथा पुरस्कार वितरणका लागि पनि सशस्त्रले विशेष कार्यविधि तयार गरेको छ ।

यस अवधिमा सशस्त्रले नीतिगत कार्यतर्फ १२, संस्थागत कार्यतर्फ २६ र संरचनागत कार्यतर्फ ११ वटा काम सम्पन्न गरेको छ । यसैगरी सशस्त्रले संगठन सदृढिकरणका लागि विभिन्न १८ वटा योजना योजना तयार गरेको छ ।

कार्यप्रगति विवरण प्रस्तुत गर्दै सशस्त्र प्रहरीका प्रवत्ता तथा एसएसपी राजेन्द्र खड्काले ०७९ सालमा सशस्त्र प्रहरीले उल्लेख्य काम गर्न सकेको बताए ।

 

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...