CG Electronics
IME Life
NIMB

अन्तर्राष्ट्रिय मजदुर दिवस : नेपालका मजदूर र दिवसबीच अपनत्व कहिले कायम होला ?

NIMB
Himalayan Bank

 

काठमाडौं । आज अन्तर्राष्ट्रिय मजदुर दिवस । विभिन्न मजदुर संगठनहरुले दर्जनांै कार्यक्रमहरु गरि हर्ष उत्सवका साथ यो दिवस मनाई रहेका छन् । तर धेरै मजदुरहरुको लागि भने यो दिवस कागलाई बेल पाक्यो हर्ष न विस्मात बन्दै आएको छ । यो दिवसले न नेपाली मजदुरको सामाजिक सुरक्षाको प्रत्याभूति गर्न सकेको छ न उनीहरुको भविष्य सुरक्षित बनाउन सकेको छ । सकुञ्जेल श्रम गर्ने उनीहरु नसकेपछि के गर्छन खोजी नीति समेत केही हुँदैन ।

सोमबार अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउँदै गर्दा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत बिभिन्न दलका शीर्ष नेताहरुले मजदुर दिवसको अवसरमा शुभकामना सन्देश समेत दिएका छन् । आज देशमा सार्वजनिक विदा पनि दिइएको छ ।

यस दिन विश्वका ८० भन्दा बढी देशहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय देशहरूमा सामान्य रूपमा मनाइन्छ । विश्वका धेरै देशहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइदै गर्दा केही देशहरूमा भने यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ ।

यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह– प्रवक्ता कविराज उप्रेतीका अनुसार मजदुरहरुको हकमा राज्यले धेरै काम गरिरहेको छ ।

उनले भने ‘ नेपाल सरकारले स्थानीय तहहरुमा रोजगार कार्यक्रमको लागि विभिन्न रकमहरु पठाएको छ । अनुगमन भयो कि भएन भन्ने सन्द्धर्भमा पनि पालिकाहरुलाई नै अधिकार दिइएको छ ।

स्थानीय सरकारले बेरोजगार व्यक्तिहरुलाई रकम भुक्तानी गर्नु भन्दा अगाडि उनीहरु आफैले नै यस्को जाँचबुझ गरेर बेरोजगार भक्ता उपलब्ध गराउछन् । मजदुरहरुको हकमा पनि सबै काम स्थानीय तहलाई नै अधिकार दिइएको छ । ’

स्थानीय तहमार्फत सरकाले मजदुरको हकमा बिभिन्न कामहरु गरिरहेको दावी गरेको छ । तर मजदुरहरुले भने सरकारले आफुहरुका लागि कुनै पनि व्यवस्था नगरेको र कुनै सुविधा पनि नदिएको गुनासो गरिरहेका छन् ।
मजदुर न्युच्छेराम सयाँजुले मजदुर दिवस आफुहरु जस्तो गरीवको लागि नभई मजदुरका नाममा खुलेका विभिन्न संगठनको लागि भएको बताउँछन् ।
उनले भने ‘मजदुर दिवस त गरीवको लागि हुँदै होईन् । मजदुरको लागि सरकारले मूल्य वृद्धि कम गर्नु पर्छ । नयाँ उघोग खोल्नु पर्छ । रोजगारीका व्यवस्था गर्नु पर्छ । उनीहरुको सामाजिक सुरक्षाका लागि विशेष कदम चालिनुपर्छ । ’

सरकारले श्रमिकहरुको लागि धेरै कार्यहरु गर्न बाँकी रहेको र मजदुर दिवसप्रति अपनत्व कायम हुने गरी आवश्यक कार्यहरु गर्नुपर्ने अर्का मजदुर नागेश्वर पौडेलको भनाइ छ ।

उनले भने ‘ मजदुरहरुको लागि हो जस्तो लाग्छ यो दिवस । अन्य देशमा गएर रगत बगाउनु भन्दा आफ्नै देशका बसेर काम गर्नु नै राम्रो लाग्छ मलाई । तर सरकाले यसलाई अलि व्यवस्थित गर्न आवश्यक छ । ’
सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ ।

१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । तर २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक विदा दिन थालेको थियो ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...