CG Electronics
IME Life
NIMB

एशियन लाइफ इन्स्योरेन्सको १५औं साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारण सभा आज (वैशाख १८ गते) सम्पन्न भएको छ । सभा कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा होटल क्लासिक सिमरा, बारामा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७८।७९ सम्मको संचित नाफाबाट ८.९४७ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । संचालक समितिले प्रस्ताव गरेको ८.५ प्रतिशत बोनश शेयर र ०.४४७ प्रतिशत(कर प्रयोजनका लागी) नगद लाभांशको प्रस्ताव साधारण सभाले पारित गरेको हो ।

यस कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार रुपैयाँको ८.५ प्रतिशतले हुन आउने २४ करोड ७१ लाख ८९ हजार ४४२ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्नेछ । साधारण सभाले कर प्रयोजनको लागि रु.१ करोड ३० लाख ९ हजार ९७० नगद लाभांश(कर प्रयोजनका लागी) वितरणको समेत पारित गरेको छ ।

साथै बोनश शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न समेत साधारण सभाले स्वीकृत गरेको छ । यसैगरी कम्पनीको अधिकृत पूँजीलाई ५ अर्ब रुपैयाँबाट ६ अर्ब रुपैयाँ कायम गर्न प्रबन्धपत्रको दफा ६.१(क) मा संशोधनको प्रस्ताव समेत पारित भएको छ ।

 

साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको संचालक समितिको प्रतिवेदनको साथै लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष.२०७८।७९ (एनएफआरएस) बमोजिम आषाढ मसान्तसम्मको वासलात, नाफा।नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि अनुुसूचिहरु माथी छलफल सहित पारित गरेको छ । आर्थिक वर्ष ०७९÷८० को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव सभाबाट पारित भएको छ ।

 

विशेष प्रस्ताव अन्तर्गतको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभाबाट पारित भएको छ । यसैगरी कम्पनीले व्यवसायीकरुपमा बहालमा दिन तथा बिक्री गर्न भवन निर्माण गर्ने सम्बन्धमा प्रबन्धपत्रको दफा ५ (क) मा संशोधन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

 

यस कम्पनीको चालू आ.व. २०७९।८० को फागुनसम्ममा जीवन बीमाकोष रु.३५ अर्ब ६० करोड र कूल लगानी रु.३९ अर्ब ८ करोड छ । कम्पनीको फागुन मसान्तसम्मको कूल बीमाशुल्क आम्दानी रु.४० अर्ब ८५ करोड रहेको छ ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...