NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

संखुवासभा हेलिकप्टर दुर्घटना : घाइते भविन गुरुङ तुम्लिङटारमा मृत्यु,अन्यको उपचार हुँदै

NIMB
leapmotornepal (citroen)

 

 

काठमाडौं । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परी घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार दुर्घंटनामा गम्भीर घाइते भएका स्थानीय भविन गुरुङको मृत्यु भएको हो ।
भोटखोला गाँउपालिका ४ दिदिङ्खामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परी घाइते भएका गम्भीर तीन जनालाई काठमाडौं ल्याइएको थियो ।

नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याउने क्रममा तुम्लिङटारमा मृत्यु भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर लामाले जानकारी दिए ।

उनका अनुसार मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । दुर्घटनामा परी हेलिकप्टरका चालक क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका थिए ।

विक्रम शंकरको अवस्था नाजुक बनेपछि सिम्रिक एयरको अर्को हेलिकप्टरबाट उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । त्यस्तै क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाडौं ल्याइएको छ ।

शुक्रबार दिउँसो अपर अरुण जलविद्युत आयोजनाको सामान लिएर उडेको हेलिकप्टर दुर्घटनामा परेको हो ।
हेलिकप्टर भोटखोला गाउँपालिका ५ को राप्साबाट उडेको थियो । उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थल सवारी साधन पुग्ने स्थान गोला बजारबाट २ घण्टाको पैदल दुरीमा पर्छ । घटनास्थलमा पुगेर स्थानीय, प्रहरी लगायतले घाइतेको उद्दार गरेका थिए ।

 

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...