बजेट २०८०÷८१ : मेकइन र मेडइन नेपाल अभियानलाई प्रोत्साहित गर्ने
Monday May 29, 2023
वि.सं.२०८० जेठ १५ सोमवार १८:३१
काठमाडौं । सरकारले निजी उत्पादन क्षेत्रबाट उत्पादित बस्तुलाई प्रोत्साहन गर्ने बताएको छ ।
स्वदेशी उत्पादनलाई प्रवद्र्धन र विस्तार गर्ने हेतुले सरकारले मेकइन नेपाल र मेडइन नेपाल अभियानलाई प्रोत्साहित गरिने बताएको हो ।
बजेट भाषण गर्दै मन्त्री महतले भने ‘निजी क्षेत्रबाट अगाडि बढाईएका मेकइन नेपाल र मेडइन नेपाल अभियानलाई प्रोत्साहित गरिने छ ।’
कृषिलाई प्रोत्साहन गर्दै आधुनिकीकरण गर्ने र प्राथमिकता साथ नेपाली उत्पादनलाई विस्तार र प्रवद्र्धन गर्ने बताईएको छ ।























