CG Electronics
Ncell NPL
NIMB

विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरसँग अर्थमन्त्रीको भेट

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडों । अर्थमन्त्री प्रकाशशरण महतसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज शिष्टाचार भेट गर्नु भयो । भेटका अवसरमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौतीहरु, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनका बारेमा छलफल गर्नु भयो । आयोजनालाई पुनप्राथमिकीकरण गर्ने, सहयोगलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउने, राहत दरमा कर्जा प्रवाह गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिका प्रति धन्यवाद दिँदै मुख्यतः पूर्वाधार विकासमा जोड दिन आग्रह गर्नु भयो। पूर्वाधार विकास र सामाजिक विकासका सूचकहरुवीच घनिष्ठ सम्वन्ध रहेको र पूर्वाधार विकासबाट गरीव तथा पिछडिएको वर्ग खासगरी ग्रामीण भेगमा बस्ने महिलाहरुको जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने, गाउँबाट ससाना बजारहरुमा उनीहरुको पहुँच विस्तार हुने र आफ्नो क्षमता विकास गरी अवसरहरुमा पहुँच विस्तार हुँदै जाने धारणा राख्नु भयो ।

बसाइँसराइँले अवसरसंगै साना शहरी पूर्वाधारमा चाप परेकोले पूर्वाधार विकासमा थप स्रोत आवश्यक रहेको उल्लेख गर्दै जलविद्युत, सूचना प्रविधि, पर्यटन क्षेत्रको विकासमा सडक पूर्वाधार पूर्वशर्त रहेको धारणा व्यक्त गर्नुभयो ।

कोभिड १९ को कारण जनजीवनमा प्रतिकूल प्रभाव पारेको भएपनि सूचना प्रविधिको विकासमा नयाँ अवसर सिर्जना भएको तथा कोभिड पश्चात् पर्यटन क्षेत्रको पुनरुत्थान हुँदै गएको बताउनु भयो ।

सामाजिक सुरक्षा, राष्ट्रिय गौरबका आयोजना र चालु खर्च विनियोजन गरेपछि अन्य आयोजनाका लागि आवश्यक रकम न्यून रहने तर्फ इंगित गर्दै उहाँले साँवा व्याज भुक्तानीमा हुने खर्च बढ्दै जाँदा ऋणको दिगो व्यवस्थापन तर्फ पनि सचेत रहनु पर्ने तर्फ जोड दिनुभयो।

 

माथिल्लो अरुण आयोजनाको लागि विश्व बैंकले वित्तीय स्रोत जुटाउन बहन गरेको नेतृत्वदायी भूमिकाको लागि धन्यवाद दिंदै सो आयोजनाको कार्यान्वयनमा नेपाल सरकार प्रतिवद्ध रहेको र यस्ता आयोजनाको लागि स्रोत जुटाउँदा अन्य आयोजनाहरुमा स्रोतको कमी हुन नदिने गरी व्यवस्थापन गर्न र नेपालमा क्रियाशील नरहेका नयाँ विकास साझेदारहरुलाई आकर्षण गर्न आग्रह गर्नु भयो ।

 

हालै सार्वजनिक बजेटमा पूँजीगत खर्च बढाउने प्रतिबद्धता गरेको विश्व बैंक प्रतिनिधिलाई अर्थमन्त्री डा। महतले स्मरण गराउनुभएको छ । साथै उहाँले नेपालले पूर्वाधार क्षेत्रमा लगानी बढाउन चाहेको बताउनु भएको छ ।

यस क्रममा बैंकका उपाध्यक्ष मार्टिनले स्रोतको समुचित परिचालनमा समस्या रहेको र त्यसलाई सम्वोधन गर्न संयुक्तरुपमा काम गर्न आग्रह गर्नुभयो । खरीद तथा ठेक्का व्यवस्थापन विद्युतीय माध्यमबाट गर्ने र समयमै आयोजना कार्यान्वयनमा अन्तरनिकाय समन्वयमा जोड दिनु भयो । छलफलमा पूँजीगत खर्च बढाउने विश्व बैंकका प्रतिनिधिले आग्रह गर्नुभएको थियो ।

सो अवसरमा विश्व वैंकका तर्फबाट पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वांग्जी चेन, उपक्षेत्रीय निर्देशक फारिस हद्दाद जर्भोस लगायत विश्व बैंक तथा अर्थ मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४

काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

एनआईसी एशिया बैंकद्वारा देशभर ४२ शाखा मर्ज गर्ने निर्णय, आजदेखि समायोजन लागू

एनआईसी एशिया बैंकद्वारा देशभर ४२ शाखा मर्ज...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:१९

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...