CG Electronics
IME Life
NIMB

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा काठमाडौंमा कम्पनीका अध्यक्ष श्री सुभाष अमात्यज्यूको अध्यक्षतामा सम्पन्न भयो । मिति २०७४ मंसिर २८ देखि बीमा व्यवसाय कारोबार संचालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौं वार्षिक साधारण सभा गरेको हो ।

पाँचौं वार्षिक साधारण सभाले समूह “क” संस्थापक समूहका शेयरधनीका तर्फबाट श्री शिक्षा भट्टचन, श्री मिजास भट्टचन, श्री श्याम कृष्ण श्रेष्ठ र श्री सुुुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

कम्पनीमा श्री शंकर गौतम तथा श्री दिपक पाण्डेय सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चौंथो वार्षिक साधारण सभाबाटै सञ्चालकमा रहदै आउनु भएको छ । साधारण सभाले ९.८० प्रतिशत शेयर लाभांस र ०.५१ प्रतिशत नगद लाभांस (कर प्रयोजनको लागि) गरी जम्मा १०.३१ प्रतिशत लाभांस प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्री सुभाष अमात्यज्यूले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।

साधारण सभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच १ः१ शेयर अनुपातमा हुने मर्जर प्रकृयालाई स्वीकृति प्रदान गरेको छ साथै, मर्जर पछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न पनि स्वीकृति प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...