IME Life
NIMB

नेशनल लाईफको बृहद अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले २०८० असार ९ गते दमक झापा स्थित कस्मिक पार्टि प्यालेसमा प्रि एम.डि.आर.टी सम्मान तथा बृहद अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

“रन फर इन्कम चेज योर एमडिआरटी” भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरुसंग आवद्ध भई बीमा व्यवसाय गर्दै आईरहेका अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गराई एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यले सम्पन्न गरिएको सो कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले पानसमा द्धिप प्रज्वलन गरी शुभारम्भ गर्नुभएको थियो ।

सो अवसरमा उपस्थित करिब ७०० जना अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यका साथ चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झा ले तालिम प्रदान गर्नु भएको थियो ।


समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउनु हुँदै अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता अनुसार यो कार्यक्रम काठमाण्डौ, नेपालगंज, धनगढी, पोखरामा सम्पन्न गरीसकेको र यसैको निरन्तरता अनुसार आज दमकमा गर्न लागिएको जानकारी गराउनु भएको थियो ।

कम्पनीका दमक शाखाका शाखा प्रमुख सुमन कुमार राईले संचालन गर्नुभएको सो समारोहमा समय भन्दा अगावै एमडिआरटीको लक्ष्य पुरा गरी सकेको दमक शाखा अन्तर्गतका अभिकर्ता रिता राई शेर्मा तथा उर्लावारी शाखाका अभिकर्ता एलिशा आले मगरलाई प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्रीले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुले अभिकर्ताको व्यवसायिक दक्षता अभिवृद्धि गर्न आजको तालिम सार्थक रहेको प्रतिक्रिया व्यक्त गरेका थिए भने कार्यक्रममा सम्मानित हुनु भएका अभिकर्ताहरुले आफ्नै थलोमा आई प्रमुख कार्यकारी अधिकृतज्यूबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

कार्यक्रम कम्पनीको कोशी प्रदेशका प्रदेश प्रमुख नरेन्द्र कुमार बाछाना राई को सभापतित्वमा सम्पन्न भएको थियो ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको...

वि.सं.२०८३ साउन १८ सोमवार २३:५४

  काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका...

सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई...

वि.सं.२०८३ साउन १८ सोमवार २२:२५

  काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर...

वि.सं.२०८३ साउन १८ सोमवार १७:२०

  काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस...

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१४

  काठमाडौं ।  नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१०

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच बैंकका...