IME Life
NIMB

उत्कृष्टमा डिजाइन भएको बहु–प्रतीक्षित भिभो वाई३६ प्रि–बुकिङको लागि उपलब्ध

NIMB
Himalayan Bank

 

काठमाडौं । भिभो, एक अग्रणी टेक्नोलोजी ब्रान्डले आफ्नो वाई सिरिज अन्तर्गत उच्च–प्रतीक्षित नयाँ स्मार्टफोन वाई३६ नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ । वाई३६ आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन तथा एडभान्स क्यामेरा क्षमता विशेषता भएको एक उत्कृष्ट स्मार्टफोन हो । यो स्मार्टफोनमा प्रिमियम क्रिस्टल ग्लास, ४४वाट फ्ल्यासचार्ज, ५०००एमएएच ब्याट्री, ८जीवी + ८जीवी एक्सटेन्डेड र्याम, र ५०एमपी एचडी मुख्य क्यामेरा रहेको छ जसले यो स्मार्टफोनलाई अन्य स्मार्टफोन भन्दा अलग बनाउँछ । यी सबै विशेषताहरुले वाई३६ लाई सामूहिक रूपमा नवीनताको वास्तविक प्रतिनिधित्व बनाउँछ, र यसको आकर्षक डिजाइन नै उच्च शिल्प कौशलको प्रमाण हो जसको लागि बजारमा भिभो परिचित छ ।

भिभो वाई३६ स्मार्टफोनमा रमाइलो र औपचारिक तत्वहरू मिलेर एक प्रभावशाली डिजाइन बनेको छ । यसको आकर्षक डिजाइन र विशेषताहरुले गर्दा स्टाइल र प्रोफेशनल दुवै पक्षलाई हेर्ने व्यक्तिहरूको लागि एक आदर्श विकल्प बनेको छ । वाई३६ मा भएको प्रिमियम क्रिस्टल ग्लासले उपकरणलाई स्पर्श गर्दा सुन्दर महसुस हुन्छ । वाई३६ मा भएको गोल्डेन रिपल प्रक्रियाले ग्लासको पछाडि एक मंत्रमुग्ध रिपल इफेक्ट थप्छ जसले गतिशील र आकर्षक दृश्य अनुभव सिर्जना गर्दछ । २.५डी फ्ल्याट फ्रेमले डिस्प्ले र बडीलाई निर्बाध रूपमा एकीकृत गर्दछ, जसले उपकरणको समग्र प्रिमियम लुकलाई वृद्धि गर्ने पातलो र सिमलेस डिजाइन प्रदान गर्दछ । अन्तमा, फेन्टासी फ्रेमले रमाइलो तत्वहरु समावेश गर्ने हुँदा यसले वाई३६ लाई अद्वितीय र आकर्षक डिजाइनको साथ अन्य भन्दा अलग बनाउँछ ।

“भिभोका वाई सिरिजमा उल्लेखनीय उपलब्धिहरु भइरहेको छ किनकि भिभोले उपभोक्ताको मागहरू पूरा गर्न प्राविधिक विकासहरूलाई निरन्तरता दिइरहेको छ । नयाँ स्मार्टफोन वाई३६ मा पनि उल्लेखनीय विशेषताहरु छन् । हालै सार्वजनिक भएको स्मार्टफोनमा आकर्षक डिजाइका साथै उत्कृष्ट तस्वीरहरु खिच्न सक्ने क्षमता पनि छ । वाई३६ को उत्कृष्ट क्यामरा क्षमताबाट प्रयोगकर्ताहरूले विशेष तथा सौन्दर्यका दृष्टिले मनमोहक क्षणहरू सजिलैसँग खिच्न मद्दत पुग्छ । सधैंझैं, भिभो आफ्ना प्रयोगकर्ताहरूको निरन्तर विकसित भइरहेका आवश्यकताहरू पूरा गर्न प्रदर्शन सुधार गर्न र अत्याधुनिक प्रविधि प्रदान गर्न समर्पित रहन्छ” भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकल भन्नुहुन्छ ।

वाई३६ मा शक्तिशाली ४४ वाट फ्ल्यासचार्ज टेक्नोलोजी रहेको छ । जसमार्फत स्मार्टफोनलाई छिटो र प्रभावकारी रूपमा चार्ज गर्न साथै डाउनटाइमलाई न्यून गर्दै र उत्पादकता बढाउन सकिन्छ । यसका साथै, वाई३६ को प्रभावशाली ५०००एमएएच ब्याट्रीले विस्तारित उपयोग समय प्रदान गर्दछ जसले चार्ज गरि राख्नु पर्ने झन्झटबाट मुक्त गराउँछ । ४४ वाट फ्ल्यासचार्ज टेक्नोलोजी र उच्च क्षमताको ब्याट्रीको यो शक्तिशाली संयोजनले तपाइँले तपाइँको वाई३६ स्मार्टफोनमा कुनै अवरोध बिना नै थप कार्यहरू पूरा गर्न सक्नुहुन्छ तथा सिमलेस र प्रभावकारी मोबाइल अनुभव प्रदान गर्न सक्नुहुन्छ । यसबाहेक, वाई३६ को एडभान्स ८जीवी + ८जीवी विस्तारित र्यामले सहज र निर्बाध अनुभव प्रदान गर्दछ । भिभो वाई३६ मा शक्तिशाली क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ जसले प्रयोगकर्ताका लागि सहज र प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्दछ । यसको उच्च प्रदर्शन गर्ने सीपीयू र एडभान्स जीपीयूको साथ, यसले द्रुत मल्टिटास्किङ, प्रतिक्रियाशील गेमिङ, र स्विफ्ट एप लन्चहरू प्रदान गर्दछ । स्न्यापड्रेगन ६८० प्रोसेसरले स्मार्टफोनको समग्र कार्यसम्पादनलाई बढाउँछ र यसलाई पावर र स्पीड खोज्ने प्रयोगकर्ताहरूका लागि उत्कृष्ट विकल्प बनाउँछ ।

भिभो वाई३६ ले क्यामेरा प्रणालीमार्फत प्रभाव पार्छ । ५०एमपी एचडी मुख्य क्यामेराको साथ, प्रयोगकर्ताहरूले स्पष्ट र जीवन्त तस्वीरहरु खिच्न सक्छन् । यस स्मार्टफोनमा २ एमपी बोकेह क्यामेरा पनि छ, जुन फिल्ड इफेक्टका मनमोहक गहिराइका साथै पोट्र्रेट शटहरू खिच्नका लागि उपयुक्त छ । सेल्फीका लागी १६एमपी एचडी फ्रन्ट पोट्र्रेट क्यामेराले क्रिस्टल–क्लियर सेल्फ– पोट्र्रेट सुनिश्चित गर्दछ । यसका साथै, वाई३६ले एक अद्वितीय डबल एक्सपोजर सुविधा प्रदान गर्दछ, जसले तपाईंको फोटोग्राफीमा कलात्मक स्वाद थप्छ । चाहे तपाईं प्रोफेशनल होस् वा फोटो खिच्न शौखिन, वाई३६ को क्यामेरा प्रणालीले तपाईंका अपेक्षहरु पुरा गर्न एक अनुपम फोटोग्राफी अनुभव प्रदान गर्दछ ।

वाई३६ दुईवटा आकर्षक कलर भेरियन्टहरू – भाइब्रन्ट गोल्ड र मिटियर ब्ल्याक कलरमा मा उपलब्ध हुनेछ जसको मुल्य रु २८,९९९ रहेको छ । नेपालमा प्रि–बुकिङको लागि उपलब्ध रहेको यस स्मार्टफोनलाई ग्राहकहरुले २५ तारिख देखि २७ तारिखसम्म नजिकैको रिटेल पसलहरुबाट प्रि–बुकिङ गर्न सक्नेछा । नेपाली बजारमा भने यो स्मार्टफोन २८ तारिखबाट बिक्रीका लागि उपलब्ध हुनेछ । यस फोनबारे थप जानकारीका लागि तपाईंले भिभो नेपालको आधिकारिक सामाजिक सञ्जाल वा वेबसाइट पनि हेर्न सक्नुहुन्छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको...

वि.सं.२०८३ साउन १८ सोमवार २३:५४

  काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका...

सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई...

वि.सं.२०८३ साउन १८ सोमवार २२:२५

  काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर...

वि.सं.२०८३ साउन १८ सोमवार १७:२०

  काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस...

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१४

  काठमाडौं ।  नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१०

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच बैंकका...