किसानको मेहनेत विचौलियाको हातमा जान दिदैनौं : अर्थमन्त्री महत
Sunday Jul 02, 2023
वि.सं.२०८० असार १७ आइतवार १७:५०
काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले किसानको मेहनेत विचौलीयाको हातमा जान नदिने प्रतिवद्धता जनाएका छन् ।
आईतबार प्रतिनीधि सभामा आर्थिक विधयक २०८० माथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले किसानको मेहनेतको प्रतिफल दिलाउन राज्य संयन्त्र क्रियशिल भएको दाबी गरे ।
उनले भने ‘यहाँ उत्पादनकर्ता साना किसानहरु, गरीबहरु र उनिहरुको उत्पादनले बजार पाउनु पर्छ । यहाँ नै उठे गोलभेडा किसानले मुल्य पाएनन्, विचौलीयाहरुको ठुलो चलखेल भो भनेर त्यसैलाई तोड्नको लागि राज्य संयन्त्रण क्रियशिल छ । ’
























