श्रम बजारको समस्या समाधान गर्न सरकारका प्रतिवद्ध छ : श्रम मन्त्री भण्डारी
Sunday Jul 02, 2023
वि.सं.२०८० असार १७ आइतवार २०:३९
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले सरकार र मन्त्रालय वैदेशीक रोजगारका विषयमा उठेका कुराहरुको समाधान गर्ने बाटोमा अगाडी बढेको बताएका छन् ।
आईतवार नेपाल वैदेशीक रोजगार व्यवसायी संघको ३१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले वैदेशीक रोजगारमा उठेका कुराहरुको समस्या पहिचान भईसकेको भन्दै समाधानको बाटोमा अगाडी बढीसकेको बताएका हुन् ।
उनले भने,‘वैदेशिक रोजगारमा अहिलेको सरकारले र मन्त्रालयले उठेका कुराहरु राम्रोसँग बुझेर यो समस्या हो भनेर पहिचान गरेको छ । समाधानको बाटोमा अगाडी बढेको छ ।’
उनले गैरआवसिय नेपाली नागरीकता पाउनेहरुलाई सुविधाको आडमा दुरुपयोग नगर्न आग्रह गरे ।
उनले भने, ‘उनले सुविधाको दुरुपयोग गर्ने छुट तपाईहरुलाई छैन् । गैर आवसीय नेपाली नागरिकता पाउने व्यवस्था छ । त्यसको आडमा सुविधाको दुरुपयोग गर्ने छुट छैन् ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मजाक गरेर बस्ने समय छैन् भनेर आदेश दिएको भन्दै भने, ‘वर्तमान सरकार र सरकारको प्रधानमन्त्रीले हामीलाई पनि र सर्वसाधारणलाई पनि भन्नुभएको छ मजाक गरेर बस्ने समय छैन्। र छुट पनि छैन् । केहि गर्न सकेनौं भने हामी टिक्न सक्दैनौं ।’
जनतालाई हरेक क्षेत्रमा परीवर्तनको अनुभुत गराउने पर्ने राज्यको दायीत्व भएको बताए ।
























