सदन सरकारको लापरवाहीको बन्धक भयो : एमाले सचेतक बर्तौला
Sunday Jul 02, 2023
वि.सं.२०८० असार १७ आइतवार २१:०५
काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सदन सरकारको लापारवाहीको बन्धकमा परेको टिप्पणी गरेका छन् ।
आईतबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले कानूनका विभिन्न प्रक्रिया र विधिको बारेमा सरकारले पटक पटक अनादर गरेको टिप्पणी गरे ।
उनले भने ‘कानुन बनाउने औपचारिक थलोलाई नै कानूनका प्रक्रिया र विधिको बारेमा सरकारले पटक पटक अनादर गर्ने ।
सरकारको लापारवाहीको बन्धकमा सदन बन्न पर्ने , हामी सांसद सरकारको कमी कमजोरी लापारवाहीको जवाफ दिँदै हिड्न पर्ने रु यो कहिले सम्म रु
राष्ट्रिय सभाले के पास ग¥यो रु के सन्देश पठायो रु यो प्रतिनीधि सभाको माननीयहरुले थाहा पाउने अधिकार छैन रु त्यो विधि यहि हो रु सरकारलाई उनको प्रश्न छ ।
























