CG Electronics
IME Life
NIMB

प्रख्यात व्यक्तित्व रियल हिरो सुदर्शन गौमतको अर्को साहसिक कार्य

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । रामेछापमा जन्मिएका सुदर्शन क्यानेडियन नागरिक हुन्। १३ वर्षको कलिलो उमेरमा ०५१ सालमा घरको छतमा रड लिएर खेल्दै गर्दा रड बिजुलीको तारमा छोइएपछि उनी ठुलो दुर्घटनामा परेका थिए । त्यसपछि उनका दुवै हात काटिएका हुन् । दुवै हात गुमाएर पनि विश्वमा सबैलाई चकित पार्ने साहसिक कार्य गर्दै विश्व मानचित्रमा छुट्टै ईतिहास कोर्न सफल उनि मानबिय सभ्यताका सफल उदारण हुन् भन्दा फरक नपर्ला।

 

दुवै हात गुमाएर पनि सानै देखि आफ्नो दैनिक कार्य आफैले नै गर्दै आएका गौतमले खुट्टाले लेखेर एसएलसी उत्तीर्ण गरे भने उनले खुट्टाले नै लेखेर मास्टर सम्म अध्यन गरेका छन र कम्प्यूटर साइन्समा डिप्लोमा सम्मको अध्ययन समेत पुरा गरे। उनि खुट्टालेनै आफ्नो गाडी, मोबाईल देखि कम्प्यूटर सम्म चलाउँछन् ।

२०१३ मा विश्वको अग्लो चुचुरो सगरमाथाको सफल आरोहण गरिसकेका उनि चलचित्र हिम्मतवालीमा अभिनय गरेर पहिलो पटक नायकको रुपमा आफुलाई स्थापित गर्न सफल भएका थिए। क्यानडा सरकार बाट क्यानेडियन डिसेबिलिटी हल अफ फेम जस्तो गरिमामय अवार्ड पाएका गौतमले दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान र अवार्ड पाउन सफल भईसकेका छन्।

 

भर्खरै मात्र संसारको साँतौ आश्चार्य नियाग्रा फल्समा १२,५०० फिट माथिबाट स्काई डाइभ क्पथमष्खभ गरेर अर्को साहसिक कार्य गरेर दुनियालाई चकित बनाउन सफल बहुप्रतीभाका धनि सुदर्शन अद्भुत क्षमताका व्यक्तित्व हुन्। असाधारण क्षमताका सुदर्शन गौतमको परिचयको यतिमा मात्र सिमित छैन उनी फिल्मका नायक हुन्, सगरमाथा आरोही हुन्, मोटिभेसनल स्पिकर हुन्, सफल ब्यबसायी हुन्, बरिष्ठ समाजसेवी हुन् भने संसारका मानिसहरुको लागि प्रेरणाको श्रोत हुन्। विश्व विख्यात व्यक्तित्व साहस र हिम्मतका प्रतिमूर्ति द रियल हिरो सुदर्शन गौमत नेपालीहरुका शान हुन् ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...