CG Electronics
IME Life
NIMB

वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव हुदैन : उद्योग मन्त्रालय

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने बताएको छ ।

देशभरको गोदाममा खाद्यान्न मौजाद रहेको र थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हाल काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरुमा ३६ हजार ३ सय ५६ क्वीन्टल खाद्यान्न मौजाद छ । त्यस्तै अति दुर्गम तथा दुर्गम जिल्लाहरुमा २५ हजार ५ सय ५ क्वीन्टल खाद्यान्द मौजाद रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको तथ्याङ्क छ ।

प्रतिस्पर्धाको माध्यमबाट खुला बजारबाट थप खाद्यान्न खरिद भइरहेको र थप चामल खरिदका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया पनि जारी रहेको छ । हाल २६ हजार ३ सय ७५ क्वीन्टल धान मौजाद छ ।

भारतबाट आयात कोटा अन्तरगत साल्ट ट्रेडिङ मार्फत तत्काल ३४ हजार ३ सय २० क्वीन्टल गहुँ तत्काल प्राप्त हुने छ । यसो गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग कुल २ लाख ६६ हजार ३ सय क्वीन्टल खाद्यन्न मौजाद रहनेछ । हाल खुला बजारबाट प्रतिस्पर्धाका माध्यमबाट सम्झौता भएको ८९ हजार १०० क्वीन्टल खाद्यान्न कम्पनीको गोदाममा आइरहेको र भारतबाट आयात हुने खाद्यान्न पनि लोड भइसकेको जनाईएको छ ।

चालु आर्थक वर्षको असार १२ गतेसम्म दुर्गमका जिल्लाहरुमा १७ हजार ८ सय ३० मेट्रिक टन खाद्यन्न ढुवानी भएको छ । बढी खाद्यान्न समस्या देखिएको हुम्लामा ४ हजार क्वीन्टल कोटा थप गरी हवाइमार्गबाट दैनिक ढुवानी भइ वितरण भइरहेको छ ।

बझाङमा पनि १ हजार क्वीन्टल कोटा थप गरिएको छ। पूर्वी जिल्लाहरुमा पनि पर्याप्त खाद्यन्न मौजाद रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले स्पष्ट पारेको छ ।

पालिका स्तरमा भने खाद्यान्न सञ्चिती गर्ने गोदाम नभएकाले आवश्यक मात्रामा विक्रि केन्द्रहरुमा खाद्यान्न ढुवानी गरेर विरतण भइरहेको कम्पनीले जनाएको छ ।

चालु आर्थिक वर्षमा हालसम्म पालिका स्तरबाट माग भएका स्थानहरुमा ४७ हजार ३ सय ३४ क्वीन्टल चामल वितरण भइसकेको छ । कतीपय स्थानमा भने माग नै नभएकाले आपूर्ति नगरिएको कम्पनीले जनाएको छ ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...