CG Electronics
IME Life
NIMB

रासायनिक मलको आपूर्ति सहज बनाउन सरकार गम्भीर हुनुपर्छ : सांसद चौधरीको

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । प्रतिनिधिसभा सांसद विनोद चौधरीले किसानलाई खेती बालीका लागि आवश्यक पर्ने रासायनिक मल आयातमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

मंगलबार बसेको अर्थ समितिको बैठकमा उनले साल्ट टे«डिङको मात्र भर पर्न नहुने भन्दै सिजनमा मल आपूर्तिलाई सहज पार्न सबै लाग्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘साल्ट टे«डिङको अनौपचारिक रुपमा मिडियामा स्टेटमेन्ट आउँछ, यो वर्ष मलको कमी हुन दिदैनौ भनेर । तर, सात लाख टन मल चाहिने देशमा दुई लाख टन भन्दा बढी मल हामी किन्दैनौं । आपूर्ति कसरी सहज हुन्छ ? सिजन जान लागिसक्यो, किसानहरुको मारामार छ । कृर्षि मन्त्रालय,आपूर्ति मन्त्रालय, साल्ट टे«डिङलाई जो जति सम्बद्ध संस्था छन् ति सबैलाई तत्काल बोलाएर यो विषयमा गम्भीर छलफल गर्न जरुरी छ ।’

सरकारले लिएको लक्ष्य भन्दा कम राजस्व उठेको प्रति सजग गराउँदै चौधरीले राजस्वलाई चलायमान बनाउँनको लागि आवश्यक मुद्दामा छलफल गर्न समितिलाई आग्रह गरे ।

‘राजस्वमा तत्काल भूमिका खेल्ने क्षेत्र भनेको आयात हो । आयातलाई अझै चलायमान गर्नको लागि कस्ले के गर्नुप¥यो ? मुद्दा राजस्वको हो कि,मागको होकि,इस्यु बजारमा पैसा नभएर हो कि तरलताको होकि के हो यिनै मुद्दाको सेरोफेरोमा रहेर आगामी दिनमा छलफल जरुरी छ ।’

त्यस्तै चौधरीले बाढी पहिरोले ३० ओटा विद्युत गृहको संरचनामा क्षति पु¥याएको उल्लेख गर्दै राज्य र लगानीकर्ताको उक्त क्षतिलाई सम्बोधन हुनेगरि समितिले काम गर्नुपर्ने तर्फ ध्यानाकर्षण समेत गराए । रासायनिक मलको आपूर्ति सहज बनाउन सरकार गम्भीर हुनुपर्छ ः सांसद चौधरीको
काठमाडौं । प्रतिनिधिसभा सांसद विनोद चौधरीले किसानलाई खेती बालीका लागि आवश्यक पर्ने रासायनिक मल आयातमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
मंगलबार बसेको अर्थ समितिको बैठकमा उनले साल्ट टे«डिङको मात्र भर पर्न नहुने भन्दै सिजनमा मल आपूर्तिलाई सहज पार्न सबै लाग्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘साल्ट टे«डिङको अनौपचारिक रुपमा मिडियामा स्टेटमेन्ट आउँछ, यो वर्ष मलको कमी हुन दिदैनौ भनेर । तर, सात लाख टन मल चाहिने देशमा दुई लाख टन भन्दा बढी मल हामी किन्दैनौं । आपूर्ति कसरी सहज हुन्छ रु सिजन जान लागिसक्यो, किसानहरुको मारामार छ । कृर्षि मन्त्रालय,आपूर्ति मन्त्रालय, साल्ट टे«डिङलाई जो जति सम्बद्ध संस्था छन् ति सबैलाई तत्काल बोलाएर यो विषयमा गम्भीर छलफल गर्न जरुरी छ ।’

सरकारले लिएको लक्ष्य भन्दा कम राजस्व उठेको प्रति सजग गराउँदै चौधरीले राजस्वलाई चलायमान बनाउँनको लागि आवश्यक मुद्दामा छलफल गर्न समितिलाई आग्रह गरे ।

‘राजस्वमा तत्काल भूमिका खेल्ने क्षेत्र भनेको आयात हो । आयातलाई अझै चलायमान गर्नको लागि कस्ले के गर्नुप¥यो रु मुद्दा राजस्वको हो कि,मागको होकि,इस्यु बजारमा पैसा नभएर हो कि तरलताको होकि के हो यिनै मुद्दाको सेरोफेरोमा रहेर आगामी दिनमा छलफल जरुरी छ ।’

त्यस्तै चौधरीले बाढी पहिरोले ३० ओटा विद्युत गृहको संरचनामा क्षति पु¥याएको उल्लेख गर्दै राज्य र लगानीकर्ताको उक्त क्षतिलाई सम्बोधन हुनेगरि समितिले काम गर्नुपर्ने तर्फ ध्यानाकर्षण समेत गराए ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...