CG Electronics
IME Life
NIMB

रोबिनको मृत्यु शंकास्पद नदेखिएको प्रहरीको प्रारम्भिक अनुमान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । गायक तथा कलाकार रोबिन तामाङको आकस्मिक निधनबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

हिजो बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा मृत भेटिएका तामाङको मृत्युबारे प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलमा गरेको अनुसन्धानले उनको मृत्यु हृदयघातका कारण भएको प्रारम्भिक निष्कर्षमा देखिएको प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक दिपेन्द्र चन्दले बताए ।

तर पोष्टमार्टम रिर्पोट नआई यसै भन्न नसकिने उनको भनाई छ ।

मंगलबार साँझ ६ बजे रबिनको परिवारजनको फोन नउठाएको भन्दै प्रहरीमा सूचना आएलगत्तै चन्द नेतृत्वको एक टोली उनको घर पुरगेको थियो । रोबिनको चार वर्ष पहिल्यै डिभोर्स भएको र उनी एक्लै बस्दै आएकाले उनको मृत्युबारे तत्काल केही भन्न नसक्ने बूढानीलकण्ठ नगरपालिकाका नगर प्रवक्ता नवराज भट्टर्राले जानकारी दिए ।

प्रहरीका अनुसार गायकको शव भेटिदाँ उनको कोठाको ढोका भित्रबाट लक गरिएको थियो । प्रहरीले रोबिनलाई कोठामा देखेपछि ढोकाको लक फोरेर उनलाई अस्पलात लगेको हो । तर, उनको शरीर घटनास्थलमै चिसो भैसकेको प्रहरी निरीक्षक दिपेन्द्र चन्दले बताए।

उनले भने, ‘हामी घटनास्थल पुग्दा उनी अचेत अवस्थामा थिए, उनको शरीर चिसो भैसकेको थियो । र पनि हामीले बचाउने प्रयासमा अस्पताल पु¥याएका हौं ।

घटनास्थलमा शंकास्पद कुरा केही देखिएन । प्रारम्भिक अनुसन्धानमा डाउट गर्ने ठाउँ छैन्,बाँकी पोस्टमार्टम रिपोर्ट आएपछि नै भन्न सकिन्छ ।’

रोबिनको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारणबारे केही बताउन सकिने प्रहरीले जानकारी दिएको छ ।

गायक तामाङको मुगलान एल्बम निकै रुचाईएको मध्येको एक हो । उनले दर्जनौँ गीतमा आफ्नो स्वर दिएका त छन् नै ‘छड्के’ चलचित्रमा समेत अभिनय गरेका थिए ।

रोबिनको मृत्यु शंकास्पद नदेखिएको प्रहरीको प्रारम्भिक अनुमान
काठमाडौं । गायक तथा कलाकार रोबिन तामाङको आकस्मिक निधनबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

हिजो बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा मृत भेटिएका तामाङको मृत्युबारे प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलमा गरेको अनुसन्धानले उनको मृत्यु हृदयघातका कारण भएको प्रारम्भिक निष्कर्षमा देखिएको प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक दिपेन्द्र चन्दले बताए ।

तर पोष्टमार्टम रिर्पोट नआई यसै भन्न नसकिने उनको भनाई छ ।

मंगलबार साँझ ६ बजे रबिनको परिवारजनको फोन नउठाएको भन्दै प्रहरीमा सूचना आएलगत्तै चन्द नेतृत्वको एक टोली उनको घर पुरगेको थियो ।

प्रहरीका अनुसार गायकको शव भेटिदाँ उनको कोठाको ढोका भित्रबाट लक गरिएको थियो । प्रहरीले रोबिनलाई कोठामा देखेपछि ढोकाको लक फोरेर उनलाई अस्पलात लगेको हो । तर, उनको शरीर घटनास्थलमै चिसो भैसकेको प्रहरी निरीक्षक दिपेन्द्र चन्दले बताए।

उनले भने, ‘हामी घटनास्थल पुग्दा उनी अचेत अवस्थामा थिए, उनको शरीर चिसो भैसकेको थियो । र पनि हामीले बचाउने प्रयासमा अस्पताल पु¥याएका हौं । घटनास्थलमा शंकास्पद कुरा केही देखिएन ।

प्रारम्भिक अनुसन्धानमा डाउट गर्ने ठाउँ छैन्,बाँकी पोस्टमार्टम रिपोर्ट आएपछि नै भन्न सकिन्छ ।’
रोबिनको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारणबारे केही बताउन सकिने प्रहरीले जानकारी दिएको छ ।

गायक तामाङको मुगलान एल्बम निकै रुचाईएको मध्येको एक हो । उनले दर्जनौँ गीतमा आफ्नो स्वर दिएका त छन् नै ‘छड्के’ चलचित्रमा समेत अभिनय गरेका थिए ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...