CG Electronics
IME Life
NIMB

२१ दिनमा डेढ लाख फुड डेलिभरी गर्दै नेपालकै ठूलो ‘पठाओ फुड फेस्ट” सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

सुरू भयो झम-झम अफर!

काठमाडौं । नेपालको अग्रणी राइड शेयरिङ एवम् फुड डेलिभरी कम्पनी पठाओ नेपालले आयोजना गरेको नेपालकै ठुलो ‘पठाओ फुड फेस्ट २०२३’ सम्पन्न भएको छ । फुड फेस्टको २१ दिनको अवधिमा डेढ लाख भन्दा बढी अर्डर डेलिभरी गरेको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताए ।

अब भान्सामा ताला लगाउँदा हुन्छ भन्ने नारासहित कम्पनीले गत जेठ २७ देखि असार १५ सम्म फुड फेस्ट आयोजना गरेको फुड फेस्टमा फ्राइज किन्दा बर्गर फ्री, चिउरा किन्दा छोइला फ्री लगायतका सोच्नै नसकिने १ रुपैयाँका धेरै अफरहरू, हरेक दिन फ्ल्यास सेल्स तथा रेस्टुराँ अर्डरहरूमा ८०% सम्मको छुट जस्ता नौलो अफरहरू दिइएको थियो ।

पठाओमा सो अवधिमा फुड अर्डर गर्नेमध्येबाट साप्ताहिक लक्की ड्रमा सिवन ग्रेस महर्जन, आदेश खड्का र पूनम कोइरालाले वानप्लसको नोट एन २० एसई (४ जिबी+ ६४ जिबी) मोबाइल जितेका छन् । यस्तै सञ्जु जोशी, निश्चल त्रिताल र रोहेर प्रधानले गितार शपबाट गितार जितेका छन् ।

कम्पनीका अनुसार, बम्पर प्राइजमा लक्की ड्रको बिजेता सर्मिला सुनुवारले आईफोन १४ प्रो जितेकी छन् भने भाग्यशाली १०० जनाले एक वर्षका लागि पठाओ फुडबाट नि:शुल्क डेलिभरी पनि जितेका छन् ।

केही रेस्टुरेन्टहरूबाट ९ सय ९९ रुपैयाँभन्दा माथिको अर्डरमा बाह्रसिङ्गे बियर पनि सितैमा दिइएको थियो । बाह्रसिङ्गेको अरु उपहार र बाह्रसिङ्गे गार्डेनमा २ जनालाई बेड-एण्ड-ब्रेकफास्ट समेत दिएको थापाले जानकारी दिए ।

फेस्ट अवधिमा रेस्टुरेन्टहरूमा ग्राहकको भन्दा पठाओ हिरोहरूको भिड बढी देखिएको रेस्टुरेन्ट व्यवसायी बताउँछन् । सबै भन्दा धेरै कमाइ गर्ने रेस्टुरेन्टले २० लाख रुपैयाँसम्म कमाएको थापाले बताए ।

सामान्य दिनमा पठाओ हिरोहरूले औसतमा दैनिक ४० हजार रुपैयाँ कमाउँदै आएकोमा फुड फेस्ट अवधिमा ५० हजार पुगेको कम्पनीले जनाएको छ ।

ग्राहकहरूले खानेकुराको अर्डरमा पाएको स्योरशट प्राइजको स्क्राच कार्ड फेसबुक र इन्स्टाग्राममा शेयर गरेका थिए । जसमा हरेकले केही न केही पुरस्कार जितेका छन् ।

यस्तो पुरस्कारहरूमा सिजी नेटको ३ महिनाको फ्री इन्टरनेट सब्सक्रिप्सन, डिशहोम टिभीमा ३ महिना फ्री रिचार्ज, डिशहोम गो एपमा ३ महिनाका लागि फ्री सब्सक्रिप्सनका साथसाथै क्युएफएक्स मुभी बुकिङ तथा यती एयरलायन्सको टिकट र धुलिखेल जिपलाइन बुकिङमा छुट दिइएको थियो ।

यस्तै ग्राहकहरूलाई कम्पनीले गितार सपको सपिङ भौचर जस्ता उपहारसमेत दिएको थियो ।

फुड फेस्टमा मेहनत गर्ने १० जना पठाओ हिरोहरूले पनि भिभोको वाई१५ सी (३/२ जिबी) मोबाइल उपहार पाएको कम्पनीले जनाएको छ ।

कम्पनीले अनलाइन फुड अर्डरका लागि नयाँ नयाँ ग्राहकहरूमाझ पुग्न फेस्ट आयोजना गरेको थियो । जसमा लक्ष्यको दुई गुणा बढी अर्डर आएको थापाले जानकारी दिए ।

उनले भने,’अनलाइन फुडका लागि नयाँ ग्राहकहरूलाई आकर्षित गर्ने लक्ष्यमा एक हिसाबले सफल भयौं ।’

पठाओले फुड फेस्ट सकिएलगत्तै जुलाइ महिना भरका लागि एक सयभन्दा बढी रेस्टुराँमा छुटका साथ ‘झम-झम अफर’ भन्दै मनसुन क्याम्पेन शुरू गरेको छ ।

सो क्याम्पेनमा पनि फ्ल्याश सेल्स र राइता किन्दा बिर्यानी फ्री जस्ता धेरै अफरहरू सार्वजनिक गरेको छ ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...