नासिरले ४ सय मिटर फ्रिस्टाइलमा जापानमा राखे नयाँ कीर्तिमान
Sunday Jul 23, 2023
वि.सं.२०८० साउन ७ आइतवार २०:४२
काठमाडौ । नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् ।
नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचायका अनुसार नासिरले ४ सय मिटर फ्रिस्टाइलमा ४ मिनट ८।२३ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान कायम गरेका हुन् ।
यस अघि नासिरको नाममा ४ मिनट १२।१७ सेकेन्ड समयमो कीर्तिमान कायम थियो । नासिरले उक्त कीर्तिमान असारमा आयोजना भएको ११ औं एनएसए कप पौडी प्रतियोगितामा राखेका हुन् ।
अव भोलि सोमबार नासिरले पुरुष २०० मिटर फ्रिस्टाइल र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।
























