CG Electronics
IME Life
NIMB

रकम अभावका कारण झापामा चिल्ड्रेन प्याराडाइजको काम अघि बढेन : मन्त्रालय

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । महिला बालबालकिा तथा जेष्ठ नागरिक मन्त्रालयले, बजेट अभावका कारण अघिल्लो आर्थिक वर्षमा तोकिएका कतिपय काम हुन नसकेको दाबी गरेको छ ।

आईतबार बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले, स्थलगत अवलोकनबाट देखिएका विषयमा मन्त्रालयलाई सोधेको प्रश्नमा महिला बालबालकिा तथा जेष्ठ नागरिक मन्त्रालयले बजेट व्यवस्था नभएका कारण काम हुन नसकेको जवाफ दिएको हो ।

आर्थिक वर्ष २०७८।०७९ को बजेट वक्तव्यको बुँदा ८८ मा व्यक्त बालबालिकाको अन्तरनिहित प्रस्फुटन गराई बहुआयामिक विकास गर्न चिल्ड्रेन प्याडाइज स्थापनामा प्रगति भएको विषयमा समितिले उठाएको प्रश्नमा मन्त्रालयले कमक नगरपालिकाले समेत कुनै समन्वय नगरेको पाइएको आरोप लगाएको छ ।

‘झापाको दमकमा गुणस्तरीय शिक्षा सहितको चिल्ड्रेन प्याराडाइज स्थापना गरिनेछ भन्ने सरकारी आश्वासन कार्यान्वयन सम्वन्धमा संघीय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट कार्य अघाडि बढेको नपाइएको र दमकको कुनै स्थानमा चिल्ड्रेन प्याराडाइज स्थापना सम्वन्धी काम भैरहेको छ भन्ने विषयको सम्वन्धमा झापाको दमक नगरपालिकामा कुनै किसिमको समन्वय नभएको पाइएको’ मन्त्रालयले भनेको छ ‘आ.व. २०७८।०७९ को बजेट वक्तव्यको बुदा नं. ८८ मा व्यक्त बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराई बहुआयामिक विकास गर्न झापाको दमकमा गुणस्तरीय शिक्षा सहितको चिल्ड्रेन प्याराडाइज स्थापना गरिनेछ भन्ने विषय उल्लेख गरिएको भए तापनि यस मन्त्रालयको लाइन आइटम वजेट अन्तर्गत उक्त विषयमा रकम विनियोजन भई नआएको हुँदा रकम विनाको विषयलाई कार्यान्वयनमा लान नसकिएको ।’

बजेट प्रस्तूत गर्दा बजेट वक्तव्यमा उक्त विषय उल्लेख भएर आएता पनि मन्त्रालयको बजेट सिलिङ्ग भित्र समावेश नभएको कारणले गर्दा यस मन्त्रालयबाट झापाको दमकमा कुनै पनि किसिमको चिल्ड्रेन प्याराडाइज स्थापना नगरिएको मन्त्रालयले प्रष्ट पारेको छ ।

मन्त्रालयले, मंगला साहाना पुनस्थापना केन्द्र भक्तपुर, जेष्ठ नागरिक आवास तथा जेष्ठ नागरिक अस्पताल गोठाटार, बाल सुधार गृह भक्तपुर, बाल सुधार गृह तनहुँ लगायतमा आवश्यक काम भइरहेको जिकिर गरेको छ ।

 

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...