CG Electronics
IME Life
NIMB

कांग्रेस केन्द्रीय समितिको बैठकमा नयाँ प्रयोग भयो : अर्थमन्त्री डा. महत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

भैरहवा । चालू नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सदस्यले बोल्ने क्रम आज सकिने र भोलिसम्म प्रस्ताव पारित गरिने अर्थमन्त्री तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भएको छ । प्रेस युनियन रुपन्देहीले सोमबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले भन्नुभयो, ‘केन्द्रीय कमिटीको बैठकलाई यसपटक कांग्रेसले जनतासँग जोड्ने नयाँ प्रयोग गरेको छ ।

प्रत्यक्ष प्रशारणको धेरै सकारात्मक प्रतिक्रिया आइरहेको मन्त्री डा. महतले बताउनुभयो । नेपाली कांग्रेसभित्र के भइरहेको छ भनेर भ्रम र अन्योल सिर्जना गर्ने प्रयास हुन्थ्यो, तर प्रत्यक्ष प्रशारणसहितको बैठकले नेपाली कांग्रेसभित्रको यथार्थ स्थिति के भन्ने कुरा स्पष्ट भएको मन्त्री डा. महतले बताउनुभयो ।

केन्द्रीय समितिमा एकदमै सिर्जनात्मक छलफल भएको छ । व्यक्ति होइन, पार्टीलाई केन्द्रविन्दूमा राखेर अगाडि बढ्न सकिन्छ । र देशको समसामयिक मुद्दालाई सम्बोधन गर्दै समयानुकूल गतिशील कसरी बनाउने र पार्टीभित्र कसरी अनुशासन कायम राख्दै बैठकले जे निष्कर्ष निकाल्छ त्यसलाई सबैले अपनत्व ग्रहण गरेर अगाडि बढ्ने बैठकमा छलफल भएको मन्त्री डा. महतले बताउनुभयो ।

छलफलमा चाँडै नीति अधिवेशन गर्ने प्रस्ताव छ, । विभिन्न राष्ट्रिय मुद्दामा आफ्नो दृष्टिकोण आउँछ । पार्टीका हरेक निकाय क्रियाशील गराउनका लागि कार्यक्रम तालिका पनि प्रस्ताव गरिएको छ । यी सबै प्रस्ताव पारित हुने मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, गठबन्धन सरकारमा सुशासन केन्द्रविन्दू राख्नुपर्ने पार्टीको मान्यता छ, यही मान्यतासँग उच्च मनोबलका साथ जनता र देशलाई केन्द्रविन्दूमा राख्नुपर्ने सर्भिस दिनुपर्छ ।’

देखिएको समस्या सम्बोधन गर्दै देशलाई आर्थिक सम्वृद्धि र विकासको बाटोमा हिडाउनुपर्ने मूल उद्देश्यका साथ काम गरिरहेको मन्त्री डा. महतले बताउनुभयो । तत्काल बजेट पुगेन, यता भएन, उता भएन जस्तो देखिन्छ, तर दीर्घकालमा परिणाम आउने गरी काम गरिरहेको मन्त्री डा. महतको भनाइ थियो ।

आवश्यक भएको सुधारका कार्यक्रम अगाडि बढाउने, अर्थतन्त्र चलायमान बनाएर राजस्वको आधार विस्तार गर्ने र राज्यको लगानी गर्ने क्षमता वृद्धि गर्नेतिर नै उन्मुख रहेको मन्त्री डा. महतको भनाइ छ । यसपटक श्रोतको कमीले धेरै विनियोजन प्रस्ताव गर्न नसकिएको यद्यपि आउँदा दिनमा त्यसको बाटो खोजी भइरहेको मन्त्री डा. महतले बताउनुभयो ।

मौद्रिक नीति सार्वजनिक भएको छ । ब्याजदरमा केही खुकुलोपन प्रस्ताव भएको छ । सुधारका केही पहल भएको छन्, त्यसले निजी क्षेत्रमा जाने लगानी सहज हुनेछ, मन्त्री डा. महतले भन्नुभयो, ब्याजदर कम भएर जान्छ, त्यसले लगानीको वातावरण सहज बन्नेछ ।

वित्तीय र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनिश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने, मूल्यवृद्धि समग्रमा घटेको छ, मन्त्री डा. महतले भन्नुभयो, विसंगति चिर्दै जाने र समस्यालाई हल गर्दै जाने बाटोमा हामी अगाडि बढेका छौं ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...