प्रधानमन्त्री दाहाल र राष्ट्र संघका महासचिव गट्रेसबीच इटालीमा भेटवार्ता
Monday Jul 24, 2023
वि.सं.२०८० साउन ८ सोमवार १८:४७
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गट्रेसबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सम्बोधन पश्चात प्रधानमन्त्री दाहाल र महासचिव गट्रेसबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्र संघबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बारे उनीहरुबीच छलफल भएको थियो ।

























