CG Electronics
IME Life
NIMB

कम्बोडियन पिपुल्स पार्टीलाई बहुमत, ओली स्वदेश फर्कँदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झन्डै एक साताको कम्बोडिया भ्रमण सकेर स्वदेश फर्कँदै छन् ।

कम्बोडियामा भएको निर्वाचन पर्यवेक्षणका लागि राजधानी नोमपेन्ह पुगेका एमाले अध्यक्ष ओलीसहितको टोली आज (सोमबार)राति १० बजे स्वदेश फर्कने उनको सचिवालयले जनाएको हो ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली साउन २ गते राति पत्नी राधिका शाक्य,उपमहासचिव विष्णु रिमालसहितको टोली कम्बोडियाको निर्वाचन पर्यावेक्षका लागि त्यसतर्फ प्रस्थान गरेका थिए । कम्बोडियामा कुल ९७ लाख १० हजार ६ सय ६५ मतदाताले १ सय २५ जना विधायकको निर्वाचित गर्न मतदान गरेका छन् ।

निर्वाचनमा देशभर २३ हजार ७ सय ८९ मतदान केन्द्र तोकिएको थियो । निर्वाचनको पर्यवेक्षणमा ओलीसहित विभिन्न समूहमा ३ सय ३४ जना विदेशी पर्यवेक्षक बिहानैदेखि जुटेका थिए ।

पर्यवेक्षणकै क्रममा उनले आइतबार दिउँसो ४ बजे श्रीलङ्काका पूर्व राष्ट्रपति तथा वर्तमान सांसद मैत्रीपाला सिरिसेनासँग भेटवार्ता गरेका थिए । साथै हिजो साँझ ६ बजे ओली शान्तिका लागि अन्तर्राष्ट्रिय उच्च परिषद्ले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।

यसैबीच, कम्बोडियामा आइतबार सम्पन्न राष्ट्रिय निर्वाचनमा प्रधानमन्त्री हुन सेन नेतृत्वको कम्बोडियन पिपुल्स पार्टीले बहुमत प्राप्त गरेको छ । सेनको कम्बोडियन पिपुल्स पार्टीले कुल १२५ सिटमध्ये १२० सिट जितेको हो ।

प्रमुख प्रतिपक्षी दललाई चुनाव लड्न प्रतिबन्ध गरेको हुन सेनको पार्टीले ९६ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ । यद्यपी निर्वाचनको औपचारिक घोषणा हुन भने बाँकी छ । लामो समयसम्म सत्तामा रहेको सीपीपीसँग १७ साना दल चुनावी दौडमा थिए ।

 

 

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...