CG Electronics
IME Life
NIMB

कोकाकोला इन्डियाले गर्यो अजय विजय बथिजालाई दक्षिणपश्चिम एशियाका लागि फ्रान्चाइज अपरेसनको भाईस प्रेसिडेन्टमा नियुक्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

न्यु दिल्ली– कोकाकोला इन्डियाले अजय विजय बथिजालाई फ्रान्चाइज अपरेसन फर साउथवेस्ट एसियाको भाइस प्रेसिडेन्ट रूपमा नियुक्त गरेको छ। कोका-कोला कम्पनीसँग अजयको करिब २४ वर्षको करियर यात्रा रहेको छ।

अजयले सन् १९९९ मा हिन्दुस्तान कोका-कोला बेभरेज प्रालि र फ्रन्ट लाइन सेल्स टिमसँग आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए। उनी २००५ मा स्याब्को भियतनाममा मेकोंग डेल्टा क्षेत्रको लागि रिजन म्यानेजर पनि रहेका थिए।

उनी कोलाजका लागि मार्केटिङ डाइरेक्टरको रूपमा भारत फर्के र ‘शेयर अ कोक’ अभियानको नेतृत्व गरे। उनकै योजनामा सफलतापूर्वक कोका-कोला जिरो सुगर पहिलोपटक भारत र दक्षिणपश्चिम एसिया बजारमा ल्याइएको थियो। उनले एकीकृत मार्केटिङ अभियानहरूमार्फत् थम्स अपलाई पुनरुत्थान गर्नमा पनि महत्वपूर्ण भूमिका खेलेका कम्पनीले जनाएको छ।

 

२०१८ देखि २०२० सम्म बंगलादेशका लागि कन्ट्री म्यानेजर रहेका अजयले विश्वव्यापी रूपमा द कोका-कोला कम्पनीभित्र बंगलादेशलाई कोका-कोलाका टप ३ बजारहरूमा ल्याउन बोटलिंग पार्टनरहरूसँग नजिक रहेर काम गरेका थिए। सन् २०२० मा उनी फ्रन्टलाइन मार्केटिङमा वरिष्ठ डाइरेक्टर हुन पुगे, जहाँ उनले पोर्टफोलियो स्ट्राटेजी पङ्क्तिबद्ध रुपमा संचालन गरेको कम्पनीले जनाएको छ। बंगलादेशमा कम्पनीको सबैभन्दा चर्चित म्युजिकल फ्रान्चाइजी ‘कोक स्टुडियो’ सफलतापूर्वक सुरु गरेका थिए। उनको अग्रगामी ‘इज कुकिंग’ले कोक र खानाको अनुभव प्रदान गर्ने प्लेटफर्मको साथ जस्तै ‘कोलकाता कुकिंग’सँग कोका-कोलाको ब्रान्ड लोकप्रियता र उपभोक्ता संलग्नतालाई बढावा दिएको छ।

कोकाकोला भारत तथा दक्षिणपश्चिम एसियाका अध्यक्ष संकेत रे विजयबारे भन्छन्, ‘व्यवसायको बुझाइ र विकासको मानसिकताका साथ, अजयसँग व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने प्रमाणित ट्र्याक रेकर्ड छ। हामी आशावादी छौं कि उहाँले असल व्यावसायिक कौशलता र सहयोगी दृष्टिकोणले उहाँले दक्षिणपश्चिम एशिया क्षेत्रमा यस संगठनको उद्देश्यलाई अगाडि बढाउनुहुनेछ।’

अजयले निम्स, मुम्बईबाट मार्केटिङ म्यानेजमेन्टमा मास्टर्स पूरा गरेका छन्। उनले एचआर कलेज अफ कमर्स एन्ड इकोनोमिक्सबाट वाणिज्यमा स्नातक तह हासिल गरेका छन्।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...