CG Electronics
IME Life
NIMB

संघीयतालाई मबजुत बनाउन जनताको साथ अपरिहार्य छ : मन्त्री मोदी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघीयतालाई मजबुत वबनाउनका लागि जनताको साथ चाहिने बताएका छन् ।

मोरङको कटहरी–७ र धनपाल–५ जोड्ने लोहन्द्रा खोला झोलुङ्गे पुलको उद्घाटन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

“संघीयतालाई थप बलियो र मजबुत बनाउनका लागि जनताको साथ अपरिहार्य छ” मन्त्री मोदीले भने, “संघीयताको समस्या केलाउँदै समाधान गरी यसलाई थप बलियो र सुदृढ बनाउनुको विकल्प छैन ।”

संघीयताका सन्दर्भका कतिपय राजनीतिक दल र व्यक्तिहरुले प्रश्न उठाइरहेको प्रसंग कोट्याउँदै मन्त्री मोदीले भने, “संघीयता कार्यान्वयनका सन्दर्भका केही कमजोरी देखियो होला, तर संघीयता र गणतन्त्रको विकल्प उन्नत र बलियो संघीयताबाहेक अरु हुन सक्दैन ।”

 

त्यस्तै समानुपातिक समावेशीता जस्ता संवैधानिक प्रावधानकै कारण सबैको राज्य सत्तामा पहुँच भएको आफ्नो समेत उदाहरण दिँदै मन्त्री मोदीले भने, “एउटा गरिब थारुको छोरा यही संविधानमा व्यवस्था भएको समानुपातिक समावेशिता कारण मन्त्री बनेको छु, अहिले स्थानीय तहका प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनैपर्ने प्रावधान छ, स्थानीय तहमा दुई जना महिला त्यसमा पनि एकजना दलित अनिवार्य गरेको छ, योभन्दा उन्नत प्रावधान र व्यवस्था अरु हुन सक्दैन ।”

मन्त्री मोदीले सरकार संघीयताको प्रभावकारी कार्यान्वयन र सुदृढीकरणको दिशामा अगाडि बढिरहेको समेत बताए ।

त्यसैगरी सामाजिक न्यायसहित सुशासन कायम गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि लैजाने उद्देश्यसहित सरकारले काम गरिरहेको उनको भनाई थियो ।

“सरकारले अहिले भ्रष्टचार निर्मुल गरी सुशासन कायम गर्ने र विकास र समृद्धिमार्फत् जनजीविकामा परिवर्तन ल्याउनेगरी काम गरिरहेको छ” मन्त्री मोदीले भने, “जनताको जीवनस्तर उकास्नेगरी कार्यक्रमहरु अगाडि बढाउने दिशामा यो सरकार क्रियाशील छ ।”

 

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...