CG Electronics
IME Life
NIMB

विपद्को दिगो व्यवस्थापनका लागि नीतिगत सुधार आवश्यक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रुद्र तामाङले, डुबान रोकथामको विषयलाई नीतिगत रुपमा व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् ।

विश्व डुबान रोकथाम दिवसको अवसरमा आयोजित विपद् संवादमा उनले वार्षिकहरुमा हुने छलफल र अन्र्तक्रियाले मात्रै समस्या समाधानमा ठोस काम नगर्ने भन्दै नीतिगत सुधार अहिलेको आवश्यकता भएको बताए ।

सबैलाई तालिम दिने काम सम्भव नभएको भन्दै यो विषयमा केन्द्रीय, प्रदेश, स्थानिय सरकार र गैर सरकारी संस्थाहरुको भूमिकाको विषयहरु एउटै तहबाट नीति बनाएर जानु पर्ने उनको तर्क छ ।

उनले भने, ‘विपद् संवादमा हामीले धेरै विषयमा छलफल गरेका छौ । यसमा तल्लो तहसम्म जानु पर्ने हुन्छ कसरी काम गर्न सकिन्छ भनेर सोच्नु पर्छ । हामीले सबैलाई तालिम दिएर त हुदैँन् । हामी नीतिगत रुपमा कुरा गर्दा साना कुरहरु पनि बुझ्दै जानुपर्ने हुन्छ ।

 

हामीले केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानिय सरकारले के गर्न सक्छ भनेर गैर सरकारी संस्थाहरुको भूमिका के हुनसक्छ, हामी तल्लो तहसम्म कसरी जान सक्छौ । यो सबै विषयहरु एउटै तहबाट नीति बनाएर जानु पर्छ । ’

 

उनले विपत्त सबै ठाँउमा हुन सक्ने हुदाँ तल्लो तहमा जनचेतना बढाएर लाने हो भने यसको रोकथाममा सहज हुने बताए ।

यसको साथै उनले विकास निमार्णका कुरा, नयाँ संरचना निमार्णको कुरा, स्थानिय तहहरु सबल हुने र तथ्यांकहरु व्यवस्थापन गर्ने विषय पनि व्यवस्थित हुनुपर्ने बताए।

उनले भने, ‘जहाँ पनि विपत्ति हुन्छ, त्यसलाई न्यूनिकरण कसरी गर्ने एउटा पाटो हो, विकास निमार्णका कुराहरु भए, नयाँ संरचना निमार्णको कुरा, स्थानीय तहहरु सबल हुने कुरा आएको छ ।

हामीले तथ्यांकहरुलाई पनि व्यवस्थापन गर्नुपर्ने छ, तल्लो तहमा जनचेतना बढाएर लाने हो भने यसको रोकथाममा सहज हुन्छ । खोज, उद्धारको कार्यक्रममा तीन तहकै सरकार लागेको छ ।


विकास निमार्णका कुराहरुमा के गरेका छौ, योजना कसरी गरेका छौ, भूउपयोग नीतिलाई के गरिरहेका छौ, नयाँ संरचनाहरु कसरी निमार्ण गरेका छौ, नयाँ भवनहरु बनाउँदा कसरी बनाई रहेका छौ यी सबै विषयलाई पनि ध्यान दिनु आवश्यक रहेको उनको भनाई छ ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...