CG Electronics
IME Life
NIMB

वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था सुध्रिदैन : स्वास्थ्य मन्त्री बस्नेत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं, १२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताएका छन् ।

 

देशकै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफु लागि परेको बताए ।

 

आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई महिनामा वीर अस्पतालमा विपन्न देखि भिआईपीसम्मका विरामीले महसुस गर्ने गरि काम गरेको दावी गर्दै मन्त्री बस्नेतले वीर अस्पताल सबै विरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रुपमा विकास गरेको दावी गरे ।

वीर अस्पतालका ७०० शैया विपन्नका लागि निुशल्क गरेको, आकस्मिक कक्षमा शैया संख्या बढाएको, ओपिडी सेवा विहान ८ बजेदेखि बनाएको, अनलाईनबाट पनि टिकट काट्ने व्यवस्था लागु गरेको, भिआईपी र भिभिआईपी कक्ष दुईवाट बढाएर पाँच पुर्याएको र कर्मचारी समायोजन गरेको लगायतका सुधारको महसुस हुने गरि काम भएको बताए ।

 

वीर अस्पताल सुधार्न यहाँको सिंगो टीमको अहं भूमिका रहेको मन्त्री बस्नेतले बताए । उनले भने, ‘ वीरमा योग्य चिकित्सक र स्वास्थ्यकर्मी छन् । उहाँहरुको संयुक्त पहलबाट वीरमा सुधार संभव भएको छ ।’ वीर अस्पताल गरिव, विपन्न मात्र नभएर भिआईपीहरुको उपचारको पनि केन्द्र हुनु पर्ने सरकारको योजना अनुसार काम अगाडि बढीरहेको मन्त्री बस्नेतले जानकारी दिए ।

 

कार्यक्रममा चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स ) का उपकुलपति प्रा. डा.भुपेन्द्र बस्नेतले न्याम्सले दक्ष जनशक्ति उत्पादनलाई पनि महत्वका साथ अगाडि बढाइरहेको बताउदै निकट भविश्यमै आईसियूको संख्या बढाएर सञ्चालन गर्न लागिएको बताए ।

वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले १५ शैयाबाट सुरु भएको वीर अस्पतालमा अहिले ९६६ शैया सञ्चालन हुन थाले पनि सो अनुसार बजेट वृदि नभएको दुखेसो पोखे । उनले ३८६ शैयाको अस्पताल हुदा २ अर्ब भन्दा बढी बजेट विनियोजन हुने गरेको तथ्यांक प्रस्तुत गर्दै यो वर्ष ७३ करोड मात्र बजेट विनियोजन भएको बताए ।

 

गएको वर्ष ओपिडी, इमरजेन्सी गरेर ५ लाख ६६ हजार जना विरामीले सेवा पाएको बताउदै वीरमा सेवा थपिदै गएको अवस्थामा विरामीको संख्या अर्को वर्ष अझ थपिने दावी पौडेलले गरे ।

 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईले वीर अस्पताल देशको स्वास्थ्य क्षेत्रको अनुहार भएकाले यसको विकासमा मन्त्रालयले हरदम सहयोग गर्ने बताइन ।

 

राष्टिय चिकित्सा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, न्याम्सको रजिस्टार डा. ज्ञानेन्द्र शाह, रेक्टर डा. लोचन कार्की लगायतले वीर अस्पतालले प्रदान गरिरहेको सेवाको चर्चा गर्दै यसको सुधारमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिएका थिए ।

 

समारोहमा मन्त्री बस्नेतले उत्कृष्ठ कार्य सम्पादन गर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विभिन्न पुरस्कारबाट सम्मानित गरेका थिए ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...