CG Electronics
IME Life
NIMB

नेपालमा पाटे बाघको संख्या तीन गुणाले बढ्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ ।
आज विश्व बाघ दिवस, नेपालमा बाघको संख्या तेब्बरले बढेसंगै बाघ र मानिस बीचको द्वन्द्व पनि पछिल्लो समय बढ्दै गएको छ ।

 

बाघकै आक्रमणबाट धेरैले ज्यान गुमाएका पनि छन् । यसवर्षको नारा ‘मानव–बाघ सहअस्तित्व’ भन्ने रहेको छ । नेपालमा पनि सरोकारवाला निकायबाट विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ ।

 

दिवसकै अवसर पारेर आज बाघसम्बन्धी दश सर्भे (सन् २०२३–३२) कार्ययोजना सार्वजनिक गर्न लागिएको छ । कार्ययोजनामा बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी विविध मुख्य विषयमा छलफल गर्ने तयारी वन तथा वातावरण मन्त्रालयले गरेको छ ।

 

विश्वका १३ देशमा मात्र पाईने पाटे बाघको संरक्षण गर्न हेतु सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले पहिलो विश्व बाघ सम्मेलन गरेको थियो । सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने घोषणा पनि गरेको थियो ।

 

सोहि अनुसार नेपालले पनि सन् २०२२ सम्ममा तत्कालीन समयमा नेपालमा रहेको बाघको संख्यालाई बढाएर दोब्बर बनाउने प्रतिवद्धता गरेको थियो । तर, नेपाल पाटे बाघ संरक्षणमा राम्रो मात्रै देखिएन लक्ष्य भन्दा बढी बाघको संख्या बढाउन सफल भएको छ ।

 

सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको संख्या एक सय २१ थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या तीन सय ५५ पुगेको छ ।

 

बाघ गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ वटा,बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्याङ्क छ ।

 

नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् ।

 

पछिल्लो समय नेपालमा बाघको संख्या बढेसंगै मानवमा बाघले गर्ने आक्रमण पनि झनझन् बढ्दै गएको छ । पछिल्लो पाँच वर्षमा मात्रै बाघको आक्रमणमा परि ५८ को मृत्यु भएको छ । त्यसमा सबैभन्दा धेरै आर्थिक वर्ष २०७८÷७९ मा २१ जनाले बाघको आक्रमणमा परेर ज्यान गुमाएको तथ्यांक छ ।

 

सोहि तथ्यांकबाट पुष्टि हुन्छकि नेपालमा बाघको संख्या बढेसंगै मानव र वन्यजन्तुबीचमा पछिल्लो समय द्वन्द्व पनि बढ्दै गएको छ ।

 

लामो समय बाघ र वन्यजन्तुको निकट रहेर तिनको संरक्षणमा विविध काम गरेका बाघ विज्ञ (नेचुरलिस्ट) कमल अधिकारी मानव र बाघबीचको द्वन्द्वलाई व्यवस्थापन गर्न दिर्घकालीन रुपमा घाँसे मैदानको विकास गर्दै कृतिम ताल तलैयाको निर्माणमा जोड दिनुपर्ने बताउँछन् ।

अधिकारी भन्छन्,‘ एउटा वयस्क बाघलाई प्रतिहप्ता ३० देखि ६० केजी सम्म आहारको जरुरत पर्छ । पहिला पहिला छाडा चौपाया निकुञ्ज आसपास चराउने प्रचलन थियो त्यसबेला बाघले तिनै पशुचैपायालाई मारेर आहार बनाउथ्यो । अहिले त्यो बन्द भएको छ । त्यसकारण बाघले मान्छे र गाउँमा आक्रमण गर्न थालेको छ ।बाघ बस्तीमा पस्नुको कारण पनि आहारकै खोजी गर्न हो ।’

 

लामो समय बाघको संरक्षण र वन्यजन्तुसंग नजिकिएर नियालेका उनले बाघलाई भद्र जनावर बताएका छन् । सबै बाघले अक्रमण गरिनहाल्ने उनको धारणा छ ।

 

उनि भन्छन्, ‘मेरो जिवन नै जंगली जनावरसंग रमाउनु हो । मैले कहिल्यै कुनै जनावरलाई जिस्काउँदिन । हुनत म बाघको १० मिटर नजिक सम्म पुगेको छु । साँच्चै भन्नुपर्दा बाघ भद्र भलादमी जनावरमा पर्छ । बुढो बाघले सिकार गर्न सक्दैन्,घाइते,बच्चा लिएर हिँडेको बाघले पनि बच्चालाई जोगाउन असुरक्षित ठान्ने वित्तिकै आक्रमण गरिहाल्छ । र पञ्जामा घाउ भएको बाघले पनि विशेष रुपमा मानवमा आक्रमण गरेको पाइएको छ ।’

 

उनि बाघ र मानवको द्वन्द्वलाई न्युनिकरण गर्न व्यवस्थित घाँसेमैदान बनाउनुपर्ने र वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नुपर्नेमा जोड दिन्छन् ।

 

 

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...