CG Electronics
IME Life
NIMB

चिडियाखानाका बाघको ब्रत तोडियो,एक दिनमा कति खान्छन् ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अहिले जावलाखेलस्थित सदर चिडियाखानामा ६ वटा बाघ छन्। त्यसमध्ये ४ वटा भाले र २ वटा पोथी । ५ देखि १८ वर्ष उमेर समुहका उनीहरुसंगै बस्न पाउँदैनन् । १३ वर्षको महाराज र ५ वर्षकी महारानीलाई संगै राखिएको छ । सबै भन्दा वृद्ध १८ वर्षको बाङ्गेलाई १२ वर्षको बगौराको साथ छ । १० वर्षको प्रताप र ८ वर्षीया जगतीसंगै बस्छन् ।

जम्मा ६ वटा बाघलाई किनसंगै नराखिएको त रु चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले भने ‘संगै राख्दा झगडा हुन सक्छ । उमेर समहु पनि फरक फरक छ तसर्थ छुट्टै राखिएको छ ।’

सबैभन्दा कान्छी महारानीलाई कन्चनपुरबाट उद्दार गरेर ल्याइएको हो । सबैभन्दा वयस्क बाङ्गेलाई पनि चितवनबाट ल्याइएको हो ।
नाम कसरी राख्नु हुन्छ रु किन बाङ्गे भन्नु भएको रु सुचना अधिकारी कोइरालाले हाँस्दै भने ‘ बाङ्गे बाङ्गो परेर हिड्छ ’ अरुलाई पनि यस्तै विषय जोडेर नाम राखिएको छ ।

बाघको पनि ब्रत ?

चिडियाखानाका बाघहरु हरेक हप्ता शनिबार ब्रत बस्छन् । यसअघि एकादशिको दिन बाघलाई भोकै राखिन्थ्यो तर अहिले हरेक शनिबार उनीहरु भोकै पर्छन् । सूचना अधिकारी कोइरालाले भने ‘ हरेक शनिबार उनीहरुलाई आहारा दिइँदैन् । एक दिन फाष्टिङ हुन्छ । स्वास्थ्यकै हिसावले पनि उनीहरुका लागि आहारा नदिइएको हो । यसले आर्थिक भार पनि कम हुन्छ ।’

अब त उनीहरु पनि बानी परिसके आज खान पाइदैन भन्ने उनीहरुलाई थाहा हुन्छ।
तर आज भने शनिबार भएपनि बाघ दिवस परेकोले बाघलाई आहारा खुवाईएको छ । वातावरणमन्त्री डाक्टर विरेन्द्र यादवले आज विहानै चिडियाखाना पुगेर बाघलाई आहारा दिएका हुन् ।

एक दिनमा कति खान्छन् ?

सामान्यतया चिडिया खानाका बाघलाई एक दिनमा एभरेजमा ५ किलो मासु आहाराको रुपमा दिइन्छ ।
तर चिडियाखानाले भालेका लागि ६ किलो र पोथिका लागि ५ किलोका दरले मासु खुवाउने गरेको छ । सूचना अधिकारी गणेश कोइरालाले, भने ‘ उनीहरुलाई प्राय जसो भैसीको मासु दिने गरिएको छ । स्वास्थ्यका हिसावले पनि उनीहरुलाई बफ नै फाइदा जनक छ । ’

कहिले कहिँ भने उनीहरुले अन्य जनावरको पनि मासु चाख्न पाउँछन् ।

 

एउटा बाघलाई प्रतिदिन पाँच केजीका दरले राँगाको मासु खुवाउनुपर्दा प्रतिवर्ष करिब ५६ लाखभन्दा बढी खर्च आउने सदर चिडियाखानाका सूचना अधिकारी कोइरालाले बताए।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...