Nabil Bank
prabhubank
nic bank

आगामी असोज १ गतेदेखि दूर्त बससेवा सन्चालन गरिन्छ मन्त्री ज्वाला

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौँ, १५ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी असोज १ गतेदेखि दूर्त बससेवा सन्चालन गर्न लागेको बताउनुभएको छ।

 

एकीकृत सरकारी कर्मचारी संगठनद्वारा आज आयोजित कार्यक्रममा मन्त्री ज्वालाले पहिलो चरणमा धुलिखेल देखि रत्नपार्कसम्म ४० सिट क्षमताका २५ वटा बस सन्चालनको गृहकार्य भइरहेको जानकारी दिनुभयो।

उक्त सेवाका लागि छुट्टै सडक ल्यान्ड निर्माण थालिएको बताउँदै उहाँले सडक जाम हुने पिक आवरमा साँझ र बिहान सन्चालन गर्ने सेवाबाट सर्वसाधारण लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।

सेवालाई क्रमिक रूपमा काठमाडौँ उपत्यकामा विस्तार गरिने उहाँको भनाइ थियो।

मन्त्री ज्वालाले निजामती सेवा ऐन छिट्टै ल्याउन मन्त्रिपरिषद्मा छलफल चलिरहेको जानकारी दिँदै आगामी अधिवेशनमा पारित गरिने विचार व्यक्त गर्नुभयो।

यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका राज्यमन्त्री नन्दा चपाईले निजामति आन्दोलनका सहिदहरु मनोज जोशी, झपेन्द्र कार्की तथा सुरेन्द्र बिकको स्मृति दिवसका अवसरमा सिभिल अस्पतालमा बिरामीलाई फलफुल वितरण गर्नुभएको छ।

आज काठमाडौंको नयाँ बानेश्वर स्थित निजामती अस्पतालको सभाहलमा निजामती आन्दोलनका सहिदहरुको सम्झनामा सो कार्यक्रम आयोजना गरिएको थियो।नेकपा (एकीकृत समाजवादी) निकट सरकारी कर्मचारी संगठनले सो कार्यक्रम आयोजना गरेको हो। सो अवसरमा राज्यमन्त्री चपाईले मुलुकमा परिवर्तनका लागि विभिन्न कालखण्डमा जीवनको योगदान गर्नुहुने सहिदहरुको योगदानको कदर गर्नुपर्नेमा जोड दिनुभयो।

 

सो अवसरमा राज्यमन्त्री चपाईले सिभिल अस्पतालमा उपचार गराईरहेका १५० जना बिरामिलाई फलफुल बितरण गर्नुभयो।
सो कार्यक्रममा अस्पस्तालका निर्देशक बिधान निधि पौडेलको समेत उपस्थिती थियो।

नेपाल वेयरहाउजिङ्ग कंपनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कंपनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार २२:५९

  काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१,...

सिडिओहरुलाई प्रतिवेदन बुझाएर मात्रै रमाना लिन निर्देशन

सिडिओहरुलाई प्रतिवेदन बुझाएर मात्रै रमाना लिन निर्देशन

वि.सं.२०८१ जेठ ६ आइतवार २२:२८

  काठमाडौं । गृहसचिव एकनारायण अर्यालले सरुवा भई जाने प्रमुख...

निर्यात क्षमता १० खर्व रुपैयाँ पुर्याउने गरी चेम्बरको रणनीतिक योजना

निर्यात क्षमता १० खर्व रुपैयाँ पुर्याउने गरी...

वि.सं.२०८१ जेठ ६ आइतवार २२:२३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता...

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी र आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी...

वि.सं.२०८१ जेठ ६ आइतवार १४:३४

  नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै...

२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी

२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक...

वि.सं.२०८१ जेठ ६ आइतवार ०८:५०

  सुनसरी, ५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता,...

वि.सं.२०८१ जेठ ६ आइतवार ०४:०५

  काठमाडौं । ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता...