आइएमई पे र बुद्ध एयर बिच सम्झौता, अब चेक आउटमा आइएमई पे
Monday Aug 07, 2023
वि.सं.२०८० साउन २२ सोमवार ००:४४
काठमाडौं । बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ । आइएमई पे र बुद्ध एयरका प्रतिनिधि बिच साउन २१ गते, आइतबार, सम्झौता भइ सो सेवा सुरु गरिएको हो ।
सम्झौता अनुसार, अब यात्रुहरूले यसरी टिकट खरिद गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै पैसा तिर्न सक्ने छन् साथै प्रत्येक भुक्तानीमा चन्द्रागिरी केवलकारको निःशुल्क कुपन पनि प्राप्त गर्न सक्ने छन् ।
‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास९लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने, साथै आफ्ना प्रयोगकर्ताहरूको हवाई यात्राको अनुभवलाई थप सहज तथा सहुलियतपूर्ण बनाउने उद्देश्यले यो सम्झौता गरिएको,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।
























