NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ भदौ १ सोमवार

skip this leapmotornepal (citroen)

नेपाल अक्सिजन ग्यास उत्पादक संघको १३ औं वार्षिक साधारण सभा समपन्न

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपाल अक्सिजन ग्यास उत्पादक संघको १३ औं वार्षिक साधारण सभा साउनको १८ गते काठमाडौंमा सम्पन्न भएको छ । सभाले निवर्तमान अध्यक्ष शारदालाई पुनः आगामी २ वर्षका लागि निर्विरोध अध्यक्षमा चयन गरेको छ । यस्तै संघको उपाध्यक्षमा वीरेन्द्र कुमार संघाई, महासचिवमा नारायण दत्त तिमल्सिना, कोषाध्यक्षमा प्रल्हाद तिमल्सिना चयन भएका छन् । यसैगरी सदस्यहरूमा शंकर लाल अग्रवाल, अभिक ज्योति, दिनेश ढकाल र शरद खनाल चयन भएका छन् ।

सभाले कोभिडको समयमा अक्सिजन उद्योग स्वामित्वमा रहेको अक्सिजन सिलिन्डर ठुलो परिमाणमा विभिन्न सरकारी निकायले उठाइ लगेको र हालसम्म फिर्ता नगरेकोले उद्योगहरूलाई ठुलो आर्थिक नोक्सानी व्यहोर्नु परेकोले सो बारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

यसैगरी संघले अक्सिजन सिलिन्डरको गुणस्तर मापदण्ड सम्बन्धी आवश्यक कानून बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिने निर्णय गरेको छ ।

संघका अध्यक्ष गौरव शारदाले भने, ‘अक्सिजन सिलिन्डरको मापदण्ड अन्तर्गत Colour Coding, Labeling, Maximum Filling Pressure, Gas Information, Periodic Inspection Details आदि सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको व्यवस्था लागू गरे मात्र कार्यस्थलमा कर्मचारीको सुरक्षा तथा जोखिम न्यूनिकरण गर्न सकिन्छ ।’

संघले आगामी दिनमा Liquid अक्सिजनको आयातमा कडाई गर्न सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ ।

‘नेपालमा सञ्चालित अक्सिजन ग्यास उद्योगहरूको उत्पादन माग भन्दा धेरै रहेकोले Liquid अक्सिजन आयात गर्न आवश्यक छैन । Liquid अक्सिजनको आयातले गर्दा देशभरी सञ्चालनमा रहेको २८ वटा अक्सिजन उद्योगहरूको भविष्य धरापमा परेको छ । यसरी अक्सिजन ग्यासमा नेपाल भारतर्फ निर्भर हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ. उनले भने ।’

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...