NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ भदौ १ सोमवार

skip this leapmotornepal (citroen)

सन नेपाल लाइफको आइपीओ बाँडफाँड सम्पन्न

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा आज सम्पन्न भएको हो ।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशनमा ल्याएको उक्त शेयर सोमबार बाँडफाँट भएको हो ।

कम्पनीले बदेशिक रोजगारीका लागि श्रम स्वीमृति लिएर विदेश गएका २७ लाख ९०५ जना नेपालीहरुले कम्पनीको आईपीओ आवेदन दिएको थियो । त्यसमध्ये ४ जनाको आवेदन रद्ध भएर २७ हजार ९०१ आवेदकको योग्य आवेदन परेको छ ।

कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण भएको छ । त्यस अनुसार योग्य आवेदक मध्ये १० देखि ४० कित्ताा सम्म आवेदन दिएका ९ हजार ७४ जनाले माग अनुसार शेयर पाएका छन् । उनीहरुलाई १ लाख ९० हजार ४६० कित्ता शेयर वितरण गरीएको छ ।

यस्तै ५० कित्ता देखि ३ हजार कित्तासम्म आवेदन दिएका १८ हजार ८२७ जना आवेदकले पनि न्युनतम ४० कित्ताका दरले ७ लाख ५३ हजार ८० कित्ता शेयर वितरण गरेका छन् ।

त्यसपश्चात बाँकी रहेको १६ हजार २८० कित्ता शेयर भने ५० कित्तादेखि ३ हजारसम्म आवेदन गर्ने भाग्यमानी १ हजार ६२८ जनाले थप १० कित्ताका दरले शेयर पाएका छन् । त्यस अनुसार आइपीओ आवेदन दिएका लगानीकर्ताहरुले ५० कित्तासम्म शेयर पाएका छन् ।

कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। त्यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ९ लाख ६० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

बाँकी रहेको ८६ लाख ४० लाख कित्ता शेयर म्युचुअल फण्ड, कर्मचारी र सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

 

 

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५०

  काठमाडौँ । भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई डीडी २.० वासर एन्ड ड्रायर

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:४२

काठमाडौं । मनसुनको समयमा लगातार वर्षा र उच्च आर्द्रताका कारण...

बीएमसीको क्याम्ब्रिज एएस एन्ड ए लेभल परीक्षामा ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण

बीएमसीको क्याम्ब्रिज एएस एन्ड ए लेभल परीक्षामा...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:३४

काठमाडौं । ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत रहेको ब्रिटिश मोडल कलेज (बीएमसी)ले...

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२७

काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै सुजुकी नेपालले ‘सुजुकी पर्वोत्सव’ नामक...

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२०

काठमाडौं । नेपालमा युवालाई स्वदेशमै पर्याप्त अवसर सिर्जना गरी विदेशिने...