NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३१ आइतवार

skip this leapmotornepal (citroen)

रामेछापको उमाकुण्ड र गोकुलगंगामा फस्टाउँदै रैथाने बाली – सेतो सिमी

NIMB
leapmotornepal (citroen)

 

रामेछाप । रैथाने बालीको रूपमा रहेको सेतो सिमीको बजारमा उच्च माग भएपछि रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका किसानहरू यसको व्यावसायिक खेतीमा लागेका छन् ।

उच्च पहाडी क्षेत्रमा हुने सेतो सिमी गोकुलगंगा गाउँपालिकाको रस्नालु, ठोसे चुचुरे लगायतका क्षेत्रमा हुन्छ । त्यस्तै उमाकुण्डको प्रिती, गुप्तेश्वर, कुभुकास्थली, बाम्ती र गुम्देलमा यसको खेती हुँदै आएको छ । रामेछापका यी गाउँपालिकासँग जोडिएको ओखलढुङ्गाको खिजीदेम्बा तथा सोलुको लिखुपिके गाउँपालिका लगायतको क्षेत्रमा पनि यसको राम्रो उत्पादन हुने गरेको छ ।

सेतो सिमीको बजार मूल्य पनि राम्रो भएपछि किसानहरू व्यवसायिक खेतीमा लागेका उमाकुण्ड गाउँपालिका–१ गुम्देलका वडाध्यक्ष ङावा तिण्डु शेर्पा बताउँछन् ।

रामेछाप जिल्लामा सबैभन्दा बढी सेतो सिमी गुम्देलमा नै उत्पादन हुन्छ । त्यहाँका किसानले वार्षिक लाखौँ रुपैँयाको सेतो सिमी बिक्री गर्दछन् ।

राम्रो मूल्य पाउन लागेपछि किसानले खेती विस्तार गर्दै गएका छन् । ‘अहिले व्यापारीहरू सिमी किन्न गाउँमा नै आउँछन्, प्रतिपाथी ५ सयदेखि ६ सय रुपैयाँसम्ममा बिक्री हुन्छ, माग र मूल्य दुवै भएकोले किसानहरू उत्साहित छन्’, उनले भने ।

सो क्षेत्रको रैथाने बालीको रूपमा रहेको सेतो सिमी खेतीको अझै विकास र विस्तार गर्न सके सो क्षेत्रका नागरिकको आर्थिक अवस्था सुधार निक्कै सहयोग पुग्ने उमाकुण्ड–४ प्रीतिका जीतनारायण श्रेष्ठ बताउँछन् ।

उनले भनिन ‘परम्परागत तरिकाले गरिरहेको खेती प्रणालीलाई नयाँ ढङ्गबाट सञ्चालन गर्नको लागि राज्यको तर्फबाट कृषकलाई आर्थिक तथा प्राविधिक सहयोग आवश्यक छ’, ।

सेतो सिमी काँचोमा कोषा तरकारीको रुपमा खान सकिन्छ भने फलेपछि यसको गेडा बिक्रि हुन्छ । यसको गेडाको दाल बनाएर वा सोझै उसिनेर पनि खान सकिन्छ ।

यसको दाल काठमाडौं लगायतका शहरका ठुला होटेलमा समेत हिजो आज प्रयोगमा आउन लागे छ । जसले गर्दा सेतो सिमीकाको माग उच्च भएको छ ।

 

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...