NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३१ आइतवार

skip this leapmotornepal (citroen)

कूटनीतिक क्षेत्रका जानकार भन्छन्- नेपाल र पाकिस्तान विकासमा साझेदारी गरेर अघि बढ्नुपर्छ

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपाल र पाकिस्तानबीच सहयोगका विविध आयाम रहेको र दुवै मुलुकले प्रगति र विकासमा साझेदारीका साथ अघि बढ्नुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिएका छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्ले आज आयोजना गरेको ‘नेपाल–पाकिस्तान सहयोग र भविष्यका सम्भावना’ विषयक कार्यक्रममा उनीहरूले द्विपक्षीय सहयोगले व्यापार र पर्यटनमा सहयोग, संयुक्त उद्यमका साथै आर्थिक, औद्योगिक, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक सहयोग जस्ता विभिन्न क्षेत्रलाई समेटेको उल्लेख गरे ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान हुँदै आएको उल्लेख गर्दै यस्ता भ्रमणको आदानप्रदानले द्विपक्षीय मित्रता र सहयोगलाई सुदृढ र प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान दिएको बताए ।

नेपाल र पाकिस्तानबीच सन् १९६० मा औपचारिकरूपमा कूटनीतिक सम्बन्ध स्थापित भएको हो ।

दुवै देशले स्वतन्त्रता, सार्वभौमता, र अहस्तक्षेपको सिद्धान्तको आपसी सम्मान गर्दै आएको बताउँदै उनले नेपाल र पाकिस्तानबीच औपचारिक भ्रमणका साथै अन्तर्राष्ट्रिय मञ्चका आवसरमा साइडलाइन बैठ समेत हुँदै आएको स्मरण गरे ।

दुवै देशबीच जनता, सरकार र व्यापारीबीच सहयोगको लामो इतिहास रहेको बताउँदै राजदूत हाश्मीले समान भाषा संस्कृति रहेको दुवै मुलुकले पछिल्लो समय जलवायु परिवर्तनका समान अवसरको समेत सामना गर्नुपरेको धारणा व्यक्त गरे । दुवै विकासोन्मुख देशले समान विकासका चुनौतीको सामान गर्दै आएको बताउँदै उहाँले प्रगति र विकासमा साझेदारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

परिषद्का अध्यक्ष हेमन्त खरेलले नेपाल र पाकिस्तानले क्षेत्रीय र विश्वव्यापी सरोकारका विषयमा समान दृष्टिकोण राख्दै आएको बताउँदै दुवै देशबीचको सम्बन्ध नेपालको सगरमाथा र पाकिस्तानको माउन्ट के टु जस्तै मैत्रीपूर्ण, विश्वासयोग्य, सौहार्दपूर्ण र बलियो रहेको उल्लेख गरे ।

पाकिस्तानले नेपालको विकास प्रयासमा औद्योगिक परियोजनामा सहयोगका साथै नेपाली विद्यार्थीलाई उच्च अध्ययनका लागि छात्रवृत्ति प्रदान गरी सहयोग गरेकामा उनले प्रशंसा गरे ।

द्विपक्षीय सहयोगको प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्रमा दुवै देशलाई सुन्दर हिमाल र रमणीयस्थल प्रदान गरेको उल्लेख गर्दै उनले यसलाई देश र जनताको समृद्धिको क्षेत्रमा उपयोग गर्न संयुक्तरूपमा पहल गर्नुपर्नेमा जोड दिए । दुवै देशका राजदूतावासले लगानी, व्यापार र पर्यटनका क्षेत्रमा थप सहयोग प्रवर्द्धन गर्न संयुक्तरूपमा काम गर्नुपर्ने उनको धारणा थियो ।

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

साउदी, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौता, एकमाथिको आक्रमण सबैमाथिको आक्रमण मानिने

साउदी, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौता,...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:४८

  काठमाडौं । साउदी अरब, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा...

काठमाडौंमा ‘कश्मीरको राजनीतिक भविष्य’ विषयमा अन्तरक्रिया, संवादमार्फत विवाद समाधानको आवश्यकता औंल्याइयो

काठमाडौंमा ‘कश्मीरको राजनीतिक भविष्य’ विषयमा अन्तरक्रिया, संवादमार्फत...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:१३

  काठमाडौं। नेपालस्थित पाकिस्तान दूतावासले काठमाडौंमा ‘कश्मीरको राजनीतिक भविष्यः कानुनी, कूटनीतिक...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...