CG Electronics
IME Life
NIMB

 २९ औं विश्व आदिवासी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

सुर्खेत । २९ विश्व आदिवासी दिवस आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले विभिन्न जातिय आदिवासी जनजाति संगठनहरुको सहभागितामा मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाल प्रदेश सभाका सभामुख नन्दा गुरुङ्गले आदिवासी जनजाति भनेको आफ्नो परम्परा रितिरिवाज साँस्कृतिक पहिचान तथा छुट्टै सामाजिक संरचना लिखित वा अलिखित इतिहास भएको समुदाय भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो “कानुनले आदिवासी जनजातिहरुलाई दिएको अधिकारलाई व्यवहारमा प्रयोग गर्दै रक्षा गर्न जरुरी छ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाँक्षालाई सफल बनाउन सम्पूर्ण समुदाय समान अवसर र न्याय प्रत्याभुति गर्ने राज्यको निति रहेकोले आदिवासी जनजातिको सामाजिक आर्थिक र साँस्कृतिक पक्षको विकास गरि राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा पहुँच र प्रतिनिधित्व सुनिश्चित हुँदै जाने विश्वास लिएको छु ।”


त्यस्तै कार्यक्रमका विषेश अतिथि वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले कर्णाली प्रदेश सभाको सभामुख जनजातिको छोरी हुनु नै गर्वको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो “खस भाषाको उद्गम थलो नै कर्णाली हो त्यसैले कर्णालीको सभ्यता र पहिचान बचाउनकालागि सबैले हातेमालो गर्न जरुरी गरहेको छ ।”

कार्यक्रमका सभापति अशोक राजी आगामी दिनमा जिल्लाका अन्य पालिकाहरुलाई पनि समेटेर कार्यक्रम गरिने बताउँदै कार्यक्रम सफल बनाउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने विभिन्न जातिय संस्था एवं राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा विभिन्न जातिय संस्थाले आआफ्नो पहिचानको झाँकी प्रस्तुत गरेका थिए । वीरेन्द्रनगर बजार परिक्रमा गरेको झाँकीको प्रमुख आकर्षण नेवा समुदायको धिमे बाजा र लाखे नृत्य रहेको थियो । महासंघका सचिव भीम गुरुङ्ग खाम्पाले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष हर्क गुरुङ्गले स्वागत गर्नुभएको थियो ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...