CG Electronics
IME Life
NIMB

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरशिप एक्सिलेन्ट अवार्ड २०२३ भव्यतापूर्वक सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरशिप एक्सिलेन्ट अवार्ड २०२३ भव्यतापूर्वक सम्पन्न भएको छ । चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा श्रावण १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम “सार्क वर्षः पराक्रमी गति, आक्रामक नीति” नाराका साथ सम्पन्न भएको कम्पनीले जनाएको छ ।

बीमा अभिकर्ता, उत्कृष्ट एजेन्सीहरुलाई भेला पारेर तालिम, प्रशिक्षण तथा उत्प्रेरणामूलक मन्तव्यसहित सम्पन्न भएको कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, विमल ढकालको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
बीमा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको मनोबल उच्च पार्दै यस वर्षको व्यवसाय रणनीति तर्जुमा गर्न आयोजित विशेष कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवालले सिंगो देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लागेका सम्पूर्ण प्रगतिका सहयात्रीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । ‘नेपाल लाइफ आफैमा जीवन बीमा क्षेत्रमा गौरवशालि इतिहास बोकेको स्थापित ब्रान्ड हो र यससँग जोडिन पाउनु हामी सबैको लागि हर्षको विषय हो’, सञ्चालक अग्रवालले भने ।

‘पराक्रमी गति आक्रामक नीति’ नारा सहित सार्क वर्षको अवधारणालाई आत्मसाथ गर्दै कम्पनी अघी बढेको देख्दा मन प्रफुल्लित भएको जानकारी दिँदै सञ्चालक अग्रवालले जसरी सार्कले समुन्द्रमा अधिपत्व कायम गरेको हुन्छ त्यसै गरि नेपाल लाइफले जीवन बीमा क्षेत्रमा अधिपत्व कायम गर्नेमा आफु विश्वस्त रहेको बताए । ग्राहकको सहजताका निम्ति नविनतम् प्रविधिको अधिकतम प्रयोग, लगानीको उच्च प्रतिफलका लागि लगानीको विविधिकरण गर्ने कार्यहरु शुभारम्भ भइसकेको कुरा समेत बताए ।

कार्यक्रममा बोल्दै सञ्चालक विमल प्रसाद ढकालले नेपाल लाइफ इन्स्योरेन्स बीमा अभिकर्ताहरुले बीमालाई नेपालीको घरदैलोमा पु¥याउन खेलेको भूमिका र योगदानका निम्ति धन्यवाद ज्ञापन गरे । आव २०७९÷८० मा उत्कृष्ट व्यवसाय गर्दै सम्मानित हुनुभएका सम्पूर्ण बीमा अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनमा सफलताको लागि शुभकामना व्यक्त गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बजारमा जाँदा पराक्रमी गतिमा अभियान चलाउन र आक्रामक नीति लिएर बीमाको बजारिकण गर्न बीमा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई निर्देशन दिए । सिईओ पराजुलीले आम जनताको जोखिम रक्षावरणका लागि गाउँ गाउँ पुगेर बीमा सचेतना छर्दै बीमा व्यवसायको सञ्जाल फैलाउन निर्देशन दिएका छन् । सिईओ पराजुलीले बीमा सचेतना र बीमा व्यवसाय आपसमा परिपूरक रहेको बताउँदै आम नागरिकतामा बीमा सचेतना फैलाएर मात्रै जीवन बीमा व्यवसाय सफल हुने भएकोले बीमा बारेमा आवश्यक ज्ञान लिएर बीमितको घरदैलोमा पुग्न बीमा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई निर्देशन दिएका छन् ।

सिईओ पराजुलीले सम्मानित भएका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई बधाई तथा शुभकामना प्रदान गरे । कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य दिँदै प्रमुख कार्यकारी अधिकृत पराजुलीले चालु आवको व्यवसाय लक्ष्य पुरा गर्न कम्पनीले निर्दिष्ट गरेको व्यवसाय रणनीति पछ्याउन र शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरे ।

 

प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको र उहाँहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको बताए ।

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट पनि विभुषित गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमश नेपाल प्रथम, दितिय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोड तर्फ बाट क्रमस नेपाल प्रथम, दितिय र तृतीय हुने खुशी भट्ट, शान्ता राजबंशी, भीमा पन्थीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा...

वि.सं.२०८३ असार १ सोमवार २३:१७

  काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप...

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच...

वि.सं.२०८३ असार १ सोमवार २३:१४

  काठमाडौं । नाडातर्फबाट अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ...

वि.सं.२०८३ असार १ सोमवार २३:०९

  काठमाण्डौ — नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता...

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम अवार्ड, अन्तर्राष्ट्रिय स्तरमा सम्मान

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’...

वि.सं.२०८३ असार १ सोमवार २३:०३

  काठमाण्डौ — कुमारी बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘इन्फोसिस फिनाकल...

टाइटनको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, आलिया भट्ट नेपालका लागि ब्रान्ड एम्बासडर घोषित

टाइटनको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, आलिया...

वि.सं.२०८३ असार १ सोमवार १५:५९

  विश्वप्रसिद्ध घडी तथा लाइफस्टाइल ब्रान्ड टाइटन को नेपाल प्रवेशको...