CG Electronics
IME Life
NIMB

शिक्षा विधेयकविरुद्ध विद्यालय संचालकको विरोध प्रर्दशन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । शिक्षा विधेयकको विरोधमा विद्यालय संचालकहरुले विरोध प्रर्दशन गरेका छन् ।

बिहीबार काठमाडौंको माईतीघरमा प्याब्सन, हिसान र नेसनल प्याब्सनआवद्ध विद्यालय संचालकहरुले विरोध प्रदर्शन गरेका छन् ।

प्याब्सन अध्यक्ष डि.के ढुंगानाले, कानून बनाउँने बेला शिक्षामन्त्रालयले सरोकारवालासँग छलफल नगरी निर्माण गरेको भन्दै असन्तुष्ट व्यक्त गरे ।

उनले राज्य आफैँले सरकारी र निजी विद्यालयलाई विभेद गरिरहेको भन्दै शिक्षक, कर्मचारी, पूर्वाधारको भविष्य र सुरक्षाको ग्यारेन्टी लिनु पर्ने टिप्पणी गरे ।

उनले भने, ‘कानून बनाउँदा शिक्षा मन्त्रालयले किन छलफल गरेन रु सरकारले हाम्रा कुरा सुन्दियोस् । हामीले छात्रवृत्तिमा पढाएका विद्यार्थीले अनुदान पनि पाएनन् । राज्य आफैँले सरकारी र निजी विद्यालयलाई बिभेद गरिरहेको छ ।

लगानिको सुरक्षाको प्रत्याभूति गर । हाम्रा शिक्षक, कर्मचारी, पूर्वाधारको भविष्य र सुरक्षाको ग्यारेन्टी लेऊ । सामुदायिक विद्यालयलाई राम्रो बनाऔं निजीको आफैँ घट्छ ।’

आन्दोलनमा सहभागीहरुले माग पूरा नभएसम्म आइतबारदेखि सबै विद्यालय बन्द गरी सडकमा उत्रिने चेतावनी दिए ।

आन्दोलनमा शिक्षा कम्पनीमार्फत सञ्चालित विद्यालयलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गरेको सञ्चालकहरूको भनाइ छ ।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...