CG Electronics
IME Life
NIMB

पाँच देशका चित्रकारहरूको कला प्रदर्शनीमा २० लाख मूल्यसम्मका तस्बिर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सञ्जीव शाक्य २५ वर्षदेखि चित्रकारिता गर्दै आएका छन् । धातुमा चित्र कुद्ने (मेटल इम्बोष्ट)को काम पनि गर्छन्, उनी। उनले बनाएको कला ताइवान, चीन लगायत देशहरूमा मुलुकहरूमा निर्यात हुँदै आएको उनी बताउँछन्।

उनले बनाएका कलाकृतिको मूल्य पनि नेपाली र विदेशी ग्राहकहरूलाई फरक फरक छ । बुधवारदेखि उनले बनाएका चित्रकला काठमाडौंको कमलपोखरी स्थित हुकुम दरबारमा प्रदर्शनीमा राखिएको छ ।

तीन दिनसम्म चल्ने प्रदर्शनीमा राखिएका उनका चित्रहरूको मूल्य पनि फरक फरक छ । पाँच हजार रुपयाँदेखी २० लाख रुपैयाँसम्मका चित्र त्यहाँ छन् । शाक्यले कोरेको गणेशको चित्रको मूल्य १० लाख रुपैयाँ रहेको छ । तर, नेपालीलाई भने सस्तो मूल्यमा बेच्ने उनी बताउँछन् ।

 

उनीसँगै विभिन्न देशका चित्रकारहरूले कोरेका चित्र प्रदर्शनीमा छन् । नेपाल बाहेक बंगालदेश, अर्जेन्टिना, पोर्चुगल, स्पेनका कलाकारको चित्र पनि त्यहाँ छन्।

उनलाई एउटा पेन्टिङ बनाउन झन्डै एक वर्ष लाग्छ । उनी भन्छन्, ‘ठ्याक्कै यति दिनमै सकिन्छ भन्ने छैन । मुड अनुसार हुन्छ । सामान्यतया एउटा चित्र पुरा गर्न एक वर्ष लाग्छ ।’

उनी अर्डरका काम गर्दैनन् । आफ्नो मुड अनुसार चित्र बनाउँछन् । ‘अर्डरको काम गर्नलाई फिलिङ नै आउँदैन । तयारी र सिर्जन अनुसार नै मन पराएर पारखीहरूले किन्नु हुन्छ’, उनी सुनाउँछन् ।

मानिसहरूले चिया पिएर फलेको चियाको सानो प्याकेज (टी ब्याग)मा कोरिएका सुन्दर चित्र पनि प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएको चित्रहरु २० लाख रुपैयाँ मूल्यसम्मका रहेका छन् ।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...