CG Electronics
IME Life
NIMB

कपनमा विवाद कायमै, सही र गलत छुट्याउन नसक्ने मेयरले राजीनामा दिनु पर्ने स्थानीयको माग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपन खोलामाथि राखिएको स्ल्याब हटाएर खोलालाई स्वतन्त्र बग्न दिने प्रयास गरेपछि सुरु भएको विवाद शुक्रबार पनि जारी छ ।

शुक्रबार पनि काठमाडौं महानगरपालिका –७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली कपनको साततले पुगेको छ ।

तर काठमाडौं महानगरपालिकाको कदममा कपनवासी विभाजित भएका छन । केही स्थानीयवासीले महानगरको कदमको पक्षमा देखिदा केही भने विरोधमा उत्रिएका छन् ।

केही स्थानीयवासीले खोलाले आंँखा देख्नु पर्ने धारणा राख्दै खोलाको व्यवस्थापन गर्दा कोही पीडित भए नगरपालिकाले हेर्नु पर्ने बताएका छन् ।

उनले भने ‘ खोलाले आंँखा देख्नु पर्छ । खोला खोला हुनुपर्छ । जनताको सुनुवाई हुनुपर्छ । राज्यले त्यसको व्यवस्थापन गर्नु पर्छ । पीडितलाई नगरपालिकाले व्यवस्थित गर्नु पर्छ । ’

अर्का स्थानीयले कपनमा सही र गलत के हो भन्ने नै छुट्याउन नसकिएको बताए । धरमरमा परेर वस्नु भन्दा स्थानीय तहका जनप्रतिनिधिले राजीनामा गर्नु नै उचित हुने उनको भनाइ छ ।

उनले भने ‘ यो हिजो हालेको ढल निकाल्ने दुई साईटबाट बाटो बनाएर खोलाको मापदण्ड कति छ त्यो अनुसार बनाएर जाउ त्यो मैले बुझेको छु । मेरो आलोचना एमाले हो चाहे उपमेयर होस चाहे मेयर, सहीलाई सहि गलतलाई गलत भन्न सक्दैन भने किन बसिरहेको आजै राजीनामा दिए भईहाल्यो नि । ’

यस्तै अर्का एक स्थानीयले वस्ती बढ्दै गएपछि कपनमा समस्या पनि बढ्दै गएको बताएछन् ।
उनले भने ‘ स्वतन्त्र खहरे स्थानीय मिलेर हिमपाईप राखियो त्यो वेला बस्ती थोरै थियो । केही परक परेको थिएन् । जब जब बस्ती बढ्दै गयो तब तब खतरा पनि बढ्दै गयो । ’

बुधबार स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । स्थानीयको विरोध पछि डोजर चल्न दिइएको थिएन् ।

 

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...