बैंकहरुले आफूलाई सुधार्नुपर्ने अवस्था छ : अध्यक्ष ओली
Wednesday Aug 16, 2023
वि.सं.२०८० साउन ३१ बुधवार २०:४४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरुले आफूलाई सुधार्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् ।
बुधबार काठमाडौंमा नेकपा एमालेद्वारा आयोजित वर्तमान आर्थिक अवस्था समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उद्यमीहरु नभए बैंकको व्यवसाय नचल्ने बताए । उनले उद्योगहरु अप्ठ्यारोमा पर्दा थप ऋण दिएर तिर्न सक्ने अवस्थामा बैंकले फर्काउने पर्ने बताए ।
उनले भने,‘बैंकहरुले आफूलाई सुधार्नुपर्ने म देख्छु । बैंक खाली साहुजी मात्र होईन् उद्यमीहरुको सहयोगी हो ।उद्यमी आसामी मात्र होईन उद्यमीहरु नभए व्यवसाय चल्दैनथ्यो उद्यमीले नै बैंकको कारोबार चलाएको छ । बैंंकले आफूलाई मात्र हेर्ने होईन उद्योगहरु अप्ठ्यारोमा पर्दा ऋण तिर्न सक्दिन भन्ने अवस्थामा पुगेकोलाई थप ऋण दिएर तिर्न सक्ने अवस्थामा फर्काउँनुपर्छ ।’
अध्यक्ष ओलीले अहिले निजी क्षेत्र अगाडि बढ्न खोज्दा सरकारले निजी क्षेत्रलाई अनुकुलता प्रदान नगरेको दाबी गरे
उनले अगाडि भने,‘अहिले जब सम्भावना भयो तर अहिले समय अनुकुल निजी क्षेत्र अगाडि बढ्न खोज्दा सरकारले निजी क्षेत्रलाई अनुकुलता प्रदान गरिएको छैन । उद्योगहरु अप्ठ्यारोमा परेको बेला हो सहयोग चाहिने । संकटको बेला सरकार उपस्थित हुनुपर्छ ।’




























