CG Electronics
IME Life
Ncell NPL

आर्थिक वृद्धिको लक्ष्यमा सकारात्मक संकेत देखिइसकेको छ : अर्थमन्त्री महत

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

जनकपुर । अर्थमन्त्री डा।प्रकाश शरण महतले, मुलुकको अर्थतन्त्रमा क्रमिकरुपमा सकारात्मक संकेत देखिइसकेको दाबी गरेका छन् ।

जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले, अर्थतन्त्रमा सकरात्मक संकेत देखिदैँ गएको भन्दै लक्ष्य अनुसारको आर्थिक वृद्धि हाँसिल हुने दाबी गरे ।

‘लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हुन्छ । ६ प्रतिशतको आर्थिक लक्ष्य राखेको छौं, विश्व बैंक लगायत अन्य संस्थाहरुले गहन अध्ययन गरिरहेका छन् ।

उनिहरुले पनि झन्डै देशको आर्थिक वृद्धि पुग्छ भनेका छन् । त्यसमा हामी अत्यन्तै मेहनत गरिरहेका छौं ।आर्थिक प्रशासनमा अनुसाशन र प्रशासन कायम गर्नेतर्फ मेरो सम्पूर्ण जोड छ,’ महतले भनेका छन् ।

बजेटमा कृर्षि क्षेत्रमा गरिएको उत्पादनमुखी अनुदानको व्यवस्था, नेपालमा उत्पादित वस्तुमा लगाइने कम करको दर,विभिन्न सौलियतपूर्ण व्याजदरमा ऋण प्रदान गर्ने व्यवस्था,ठेक्का प्रणालीमा सुधार,विदेशी लगानी बढी परिचालन भएको जस्ता कुराले आर्थिक क्षेत्रमा सकारात्मक र क्रमश सुधार हुँदै गएकाले लक्ष्य अनुसारको आर्थिक वृद्धि हुने संकेत देखिएको उनले बताए ।

महतले भने, ‘विदेशी सहयोग पनि बढी परिचालित भैरहेको छ । कार्यान्वयनलाई सहज बनाउनको लागि ठेक्का पट्टा प्रणालीमा सुधारको कुरा गरिरहेका छौं, समयमै ठेक्का लाग्नुपर्ने, स्रोतको सुनिश्चितताको लागि प्राथमिकताको आयोजनाहरुमा मात्र खर्च गर्ने गरी बजेटको सुनिश्चितता गर्ने लगायतका कार्य गरिराखेको हुनाले आर्थिक वृद्धि हुन्छ ।

पहिला पर्यटन कोभिडको कारणले रोकिएको थियो अहिले पर्यटकहरु पनि आउन थालेका छन्, आइटी सेक्टरमा नेपालीले ठूलो लगानी गरी निर्यात गरिराखेका छन्, यसकारण आर्थिक वृद्धिको संकेतहरु देखिएको छ ।’

बैंकको व्याजदर घटेपछि अर्थतन्त्रमा क्रमिक रुपमा सधार आइरहेको भन्दै उनले आर्थिक विकासका लागि सकरात्मक छलफल आवश्यक रहेको बताए ।

‘अब आवश्यकता के छ भने सकारात्मक छलफलको हो । सबै खराबा भयो भनेर नकारात्मक कुरामात्रै सामाजिक सञ्जाल मिडियामा आउने सकारात्मक कुरा गर्दै नगर्ने,’ महतले भने ।

 

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...