Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मेगा स्टक मार्केट्स लिमिटेडको विधिवत समद्घाटन

kumari  bank

 

काठमाडौं । मेगा स्टक मार्केट्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङको राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवसरमा पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रारम्भ गर्नका लागि विधिवत समुद्घाटन समारोह मिति २०८० भाद्र ८ गते सु–सम्पन्न गरेको छ ।

होटल एलोफ्तमा आयोजना भएको उक्त समारोहको अध्यक्षता कम्पनीका अध्यक्ष प्राडा गोविन्द नेपालले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल र विशेष अतिथि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि।का अध्यक्ष पृथ्वीबहादुर पाँडेको उपस्थिति थियो ।

विशेष अतिथिको रुपमा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की सहभागी थिए । उक्त समारोहमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि।, सिडिएस एण्ड क्लियरिङ।, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक तथा एनआइएमबी एस क्यापिटल लि।का सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

कम्पनीले सुशासन, नियमपरिपालना, उच्च प्रविधिको प्रयोगबाट लगानीकर्ताहरूलाई छिटो र सरल ग्राहक मैत्री सेवा दिने प्रतिबद्घता व्यक्त गरेको छ । धितोपत्र दलाल सेवालाई विकेन्द्रीकरण गर्ने तथा पूँजीबजारको विकासलाई टेवा पुर्याउँदै कम्पनीलाई शिर्ष धितोपत्र व्यवसायी बनाउनेमा केन्द्रित रहने जानकारी समेत गराईएको थियो ।

उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुले कम्पनीलाई सफलताको शुभकामना दिँदै लगानीकर्ताको हकहित संरक्षणमा केन्द्रित हुने, पुँजीबजारको बिकासमा टेवा पुर्याउने विश्वास समेत व्यक्त गरे ।

२०८० भाद्र १० गतेका दिनबाट लगानीकर्ताहरुले ब्रोकर खाता खोली कम्पनीबाट आफ्नो कारोबार गर्न सक्नेछन् ।

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा सस्तो र सुरक्षित राइड

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:१७

  काठमाडौं । नेपालको पुरानो र विश्वासिलो राइड सेयरिङ प्लेटफर्म...

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V को ब्रान्ड एन्डोर्सरमा नियुक्त

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V...

वि.सं.२०८२ जेठ ७ बुधवार २१:३६

    काठमाडौं, नेपाल – २१ मे २०२५ – नेपालमा...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

वि.सं.२०८२ जेठ ७ बुधवार २१:१७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका...

नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२ करोड थप प्रतिफल प्रदान

नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२...

वि.सं.२०८२ जेठ ७ बुधवार ००:२२

  काठमाडौं । नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष...

आई.एम.ई. लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई प्रेम दरवारमा विशेष छुट

आई.एम.ई. लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई प्रेम...

वि.सं.२०८२ जेठ ७ बुधवार ००:१५

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई...

एनसेलले ल्यायो साप्ताहिक रु ९९ मा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आकर्षक रिन्यूअल प्याकहरू

एनसेलले ल्यायो साप्ताहिक रु ९९ मा अनलिमिटेड...

वि.सं.२०८२ जेठ ६ मंगलवार २२:५८

  काठमाडौं । सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई...