आईएमई पेले ल्यायो ‘विकेट टु विन’ अफर
Saturday Aug 26, 2023
वि.सं.२०८० भदौ ९ शनिवार २३:०८
काठमाडौं । डिजिटल वालेट ‘आईएमई पे’ले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै ‘विकेट टु विन’ अफर सार्वजनिक गरेको छ।
यही भदौ ८ देखि १२ गतेसम्म, ५ दिन चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आईएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा एसिया कप प्रोमो कोडको प्रयोग गरी रु १५० सम्म छुट प्राप्त गर्न सक्ने छन्।
साथै, यस अफरमा सहभागी हुने ग्राहक मध्ये भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको निशुल्क सब्सक्रिप्सन पनि जित्न सक्नेछन्।
यो अफरले क्रिकेट प्रेमी दर्शकको उत्साहलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएको आईएमई पे का सीईओ प्रवीण रेग्मीले बताए।




























