‘अब दनादन क्यूआर स्क्यान गर्ने हो, अनि टनाटन उपहार जित्ने हो’
Saturday Aug 26, 2023
वि.सं.२०८० भदौ ९ शनिवार २३:३०
काठमाडौं । विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आइरहेको आइएसओ सर्टिफाइड सावित्री कंचनजंगा अगरबत्तीले समय–समयमा आफ्ना होल सेलर, रिटेलर र उपभोक्ताका लागि विभिन्न प्रकारका ‘अफर’ र ‘स्किम’हरू ल्याउँदै आएको छ । यसैगरी यस वर्ष पनि सावित्री कंचनजंगाले ‘स्क्यान दनादन उपहार टनाटन’ अफर ल्याएको छ ।
डिजिटल वालेट पे सिस्टम खल्ती एपसँगको सहकार्यमा सावित्री कंचनजंगा अगरबत्तीले यो आकर्षक अफर सार्वजनिक गरेको हो । यस अफरअन्तर्गत हरेक सावित्री अगरबत्ती ब्राण्डहरुमा रहेको क्यूआर कोड खल्ती एपबाट स्क्यान गरेर हरेक दिन १० जनालाई खल्ती एपमा रु १००, योजना अवधिभर २० जनालाई स्मार्ट वाच वा एयरपड्स साथै ५ जनालाई ३२ इन्चको टेलिभिजन वा स्मार्टफोन वा लुम्बिनी र पोखराको भ्रमण प्याकेज जित्ने मौका पाउनेछन् ।
यस अफरमा सहभागी हुनका लागि
Step 1: सावित्री ब्राण्डको कंचनजंगा अगरबत्ती साथै अरू उत्पादनहरूमा तपाईले Daaami QR प्राप्त गर्नु हुनेछ ।
Step 2: प्राप्त भएको Daaami QR Khalti app बाट Scan गर्नुहोस् ।
Step 3: अब तपाईं ‘Scan दनादन उपहार टनाटन’ को लक्की- ड्र मा सहभागी हुनु हुनेछ
।
पालना गर्नुपर्ने नियमहरु
1) यस अफरमा Distributors, Whole sellers, Retailers र Consumers सहभागी हुन पाउने छन् ।
2 ) लक्की-ड्रको बिजेताहरू Savitri Kanchenjunga Agarbatti को Social Media Page मा घोषणा हुनेछ।
अहिले यस उद्योगमा सावित्री कंचनजंगा अगरबत्तीलगायत ५० भन्दा बढी सुगन्धित ब्राण्डका अगरबत्ती उत्पादन भइरहेका छन् ।
पूर्वदेखि पश्चिम नेपालसम्म, हिमालदेखि तराईसम्म उपलब्ध यस सुगन्धित अगरबत्ती छोटो समयमै नेपालकै अग्रणी अगरबत्ती ब्राण्डको रुपमा स्थापित बनेको छ ।
सावित्री कंचनजंगा अगरबत्तीले उत्पादन गरेका हरेक ब्राण्डहरु गुणस्तरीय भएकै कारणले यसका विभिन्न ब्राण्डका अगरबत्तीहरू नेपालबाहेक चीन, भारत, जापान, हङकङ, थाइल्याण्ड, अष्ट्रेलिया, क्यानेडा र बेलायतमा पनि निर्यात हुँदै आएका छन् ।




























